८ वैशाख २०८१ शनिबार
समाज

आयातकर्ता जागरुक हुन नेपाली महावाणिज्य दूतावासको आग्रह

वीरगन्ज – भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आयात निर्यात सम्बन्धी बिषयमा देखिएका समस्याहरु समाधानका लागि आफुहरुले निरन्तर पहल गरीरहेकोमा आयातकर्ता पनि जागरुक हुनु पर्ने बताएकाे छ। नेपाली महावाणिज्य दूतावास र वीरगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको ‘नेपाल पारवाहन सम्बन्धी अन्तक्रिया’ मा बोल्दै महावाणिज्य दूतावासका उपप्रमुख नारायण प्रसाद शर्माले भारत भएर हुने ‘ट्रान्जिट’ सम्बन्धीको प्रस्तुतिमा उक्त कुरा बताएका हुन्।

‘धेरै जसो आयातकर्तालाई यि विषयमा जानकारी छैन्,’ शर्माले भने, ‘भारतले हामीलाई अहिले तीन वटा बन्दरगाह कोलकता, हल्दिया र बिशाखापट्नम प्रयोगका लागि दिएको छ, कहाँबाट ब्यपार गर्दा के फाइदा छ, वा के बेफाइदा छ भन्ने बिश्लेषण गर्न सक्नु पर्छ ।’ शर्माले दुबैतर्फका अधिकारीहरूको बैठक राखी पारवहन सम्बन्धी समस्याका बिषयमा दूतावास समाधान खोज्ने तयारीमा रहेकाे बताए।

वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भारतीय बन्दरगाह मात्र नभई भारतबाट नेपाल प्रवेश गर्ने नाकास्थित समस्याको समाधान पनि आवश्यक रहेको बताए। ब्यपारको लागि राम्रो हुने भनिएको आइसिपी (एकिकृत जाँचचौकी)ले गर्दा आयातकर्ताले झन दुःखपाएको र अनावश्यक खर्चको भार बढेको उनको जिकिर छ।

संघका पूर्व अध्यक्ष अशाेक कुमार बैधले कोलकाता पोर्टमा तेस्रो मुलुकबाट आउने  कन्टेनरहरू भारतीय भन्सार मार्फत चेकजाँच भएर त्यहाँ शिलबन्दी गरिएर आउदा पनि पुनः रक्सोल वीरगन्जनाकामा भारतीय पक्षबाट भन्सार चेकजाँच गरिंदा व्यापारीहरूलाई आर्थिक भार र समयको नोक्सानी भइरहेको बताए। उनले कोलकातामा चेकजाँचभएका कन्टेनरहरू यहाँ आइसिपी आएपछि दोहोरो चेकको व्यवस्था हटाउन वा कोलकातामा चेकजाँच नगरी सोझै आइसिपीमा चेकजाँच गर्ने व्यवस्थाका लागि भारतीयपक्षसँग संवाद गर्न सुझाव दिए।

नेपाल उद्योग बाणिज्य महासंघका पारवहन समितिका सभापति अशोक टेमानीले नेपालको आयात बढी रहेकोले त्यसलाई धान्ने गरी बन्दरगाह सम्बन्धी ब्यवस्थापन, ढुवानी गर्ने रेलको उपलब्धता र नेपालमा आवश्यक संरचनाको बिकास गर्नु पर्ने आफ्नो कार्यपत्रमार्फत सुझाव दिए। उनले तेस्रोमुलुकबाट नेपालको लागि सामान लिएर आउने कन्टेनरको संख्या यो वर्ष करिब ८५ हजार पुग्ने देखिएको र आगामी वर्षमा यो संख्या एक लाख २० हजार पुग्ने तथ्यांक प्रस्तुत गरे।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले नेपाल आउने कन्टेनरबाट ‘ट्रन्जिट’ भएर आउदा त्यहाँ भन्सार औपचारिकताको औचित्य नरहेको बताए। बिहीबर साँझ भएको अन्तक्रियामा संघका पूर्व अध्यक्ष प्रदीप केडिया, उपाध्यक्ष सुबोध गुप्ता, ढुवानी ब्यावसायी राजेन्द्र गुप्ता लगायतले बालेकाथिए।

प्रकाशित: १ असार २०७५ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App