१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्लभ रेडपाण्डाको छाला सहित सिंह पक्राउ

कोहलपुर- दुर्लभ रेडपाण्डाको छालासहित कोहलपुरका एक व्यक्ति पक्राउ परेका छन्। रेडपाण्डाको छालासहित जाजरकोट गर्खाकोट–५ को २२ बर्षीय सुदिप सिंह पक्राउ परेका हुन्। कोहलपुर–१२ स्थित एक होटलमा छालासहित सिँह पक्राउ परेका हुन्।

जाजरकोटबाट रेडपाण्डाको छाला व्यापारीलाई विक्रिका लागि कोहलपुर होटलमा पुगेका सिँहलाई मोलमोलाई गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ गरिएको रेडपाण्डाको छालाको मूल्य १२ लाख रहेको कोहलपुर प्रहरी डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। जाजरकोटमा पाईने दुर्लभ रेडपाण्डा त्यही मारिएर विक्रिका लागि ल्याइएको पाईएको उनले बताए। रेडपाण्डा महिनादिन अघि मात्र गोली हानि मारिएको अनुसन्धानमा भेटिएको छ । पक्राउ परेका सिँहले आँफूलाई दश हजार रुपैँया दिदै कोहलपुरसम्म सामान पठाउन लगाएको बताए । कालिकोटका रविन्द्र शाही र जाजरकोटका बिर्खबहादुर घर्तीले आँफूलाई दश हजारमा सामान कोहलपुर होटलमा छोड्न लगाएको बताए। शाही र घर्ती फरार छन् । प्रहरीले उनीहरुको खोजीकार्य सूरु गरेको छ।

 यस्तै गत चैत २७ गते दुर्लभ रेडपाण्डाको छालासहित कोहलपुरमा चार जना पक्राउ परेका थिए। कोहलपुर–१० विद्यानगरबाट तीन फिट लामो रेडपाण्डाको छालासहित जुम्ला धापा–३ घर भई नौवस्ता–८ बस्ने ४६ वर्षिय मोतिलाल आचार्य, ३० वर्षिय दानबहादुर शाही, हुम्ला खार्पनाथ–७ का ४० वर्षिय धनबहादुर ऐडी र नौवस्ता–८ का १९ वर्षिय भिमराज खत्री पक्राउ परेका थिए ।

       

प्रकाशित: १९ भाद्र २०७३ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App