७ वैशाख २०८१ शुक्रबार
अर्थ

के भन्छन् व्यवसायी ?

 फ्ल्याट बुकिङ गर्नेलाई अफर
अध्यक्ष, बाबुराज महर्जन
पछिल्लो समय हात्तीवन क्षेत्र बसोबासका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । यस क्षेत्रमा क्लासिकको हाउजिङ तथा अपार्टमेन्ट निर्माण भएको छ । क्लासिकले व्यवस्थित बसोबास विकासका लागि आफ्नो परियोजना सञ्चालन गरेको छ ।
अहिले बजारमा सक्रिय रहेकामध्ये कम्तीमा ८० प्रतिशत डेभलपरहरुले यस रुटमा परियोजना ल्याइसकेका छन् ।

यसमध्ये क्लासिक डेभलपर प्रालि एक हो, जसले आफ्नो पहिलो परियोजनाका रुपमा क्लासिक टावर हात्तीवनमा बनाएको छ ।
सातदोबाटो चोकबाट आधा किलोमिटरको दूरीमा क्लासिक टावर छ । मुख्य सडक छेवैमा पर्ने भएकाले यातायातका दृष्टिले सुगम छ । नेपालकै प्रतिष्ठत स्कुल–कलेजका साथै हस्पिटल, सपिङ सेन्टर, व्यापारिक केन्द्रहरु परियोजनास्थलबाट नजिकैको दूरीमा रहेकाले पनि यो परियोजना सामाजिक सुविधासहितको क्वालिटी लिभिङ चाहनेका लागि उपयुक्त विकल्प हो ।

क्लासिकका एक सय ६७ फ्ल्याटमध्ये ४० वटा मात्रै बाँकी छन् । २०७२ को भूकम्पपछि करिब ७० प्रतिशत फ्ल्याट बिक्री भएको छ । चारवटा बेड भएको फ्ल्याट सकिइसकेको छ । अहिले हामीसँग दुई र तीनवटा बेड भएको ४० वटा फ्ल्याट मात्र बाँकी छन् ।  
भूकम्पले क्लासिक डेप्लपर्सको प्रविधिमा कुनै शंका उत्पन्न गरेको छैन । हाम्रो कम्पनीले निर्माण गरेका अपार्टमेन्टमा कुनै समस्या देखिएन । यसपछि हाम्रो कम्पनीमा धेरैको विश्वास छ । यस वर्षको घरजग्गा मेलामा हाम्रो प्रडक्ट बुकिङ गर्नेलाई विभिन्न अफर ल्याएका छौं । बुकिङ गर्नेलाई एसी फ्री, मोडुलर किचन जडान, फल्स सिलिङको व्यवस्था गरेका छौं । मध्यम तथा उच्चवर्गलाई लक्षित गरेर क्लासिक टावर जम्मा नौ रोपनी जमीनमा निर्माण गरिएको छ।

सात सय ४० देखि १५ सय वर्गफिटको क्षेत्रफलका यी अपार्टमेन्टको मूल्य ७५ लाखदेखि एक करोड २५ लाख रुपैयाँसम्म तोकिएको छ ।यस परियोजनामा स्विमिङ पुल, हेल्थ क्लब र जिम हल तथा ३५ सय वर्गफिटको बृहत् पार्टी र सेमिनार हल लगायत कम्युनिटी फेसिलिटीहरु रहेका छन् ।भूकम्प, आगलागी जस्ता प्रकोपका दौरान अपार्टमेन्टमा बस्ने सबैजनाको सुरक्षालाई ध्यानमा राखी हरेक दुई युनिट अपार्टमेन्टलाई जोडेर इमरजेन्सी एक्जिट बनाएको छ ।

३७ लाखमा अपार्टमेन्ट : प्रवक्ता भिम खरेल
सिभिल ग्रुप स्थापना भएको १८ वर्ष पुगेको छ । यस ग्रुपमा आाबद्ध सिभिल सेभिङ, सिभिल होम्स, सिभिल बैंक, सिभिल स्टेटस, सिभिल आरएमसी लगायतका दर्जनभन्दा बढी संस्थाले आ–आफ्नो क्षेत्रमा काम गर्दै आइरहेका छन्।


सिभिल होम्सले प्रवद्र्धन गरेको परियोजनाले राष्ट्रको विकासमा अहम् भूमिका निर्वाह गर्दै आइरहेको छ । कम्पनीले भैंसेपाटीबाट प्रारम्भ गरेको यात्रा कंलकी तीनथाना, सुनाकोठी, धापाखेल, खुमलटार, रामकोट सीतापाइला हुँदै नवौं फेज गोदावरीमा पुगेको छ।
हाम्रो ग्रुपले सिभिल मल, सिटिसी मल, सिभिल लक्जरीका साथै धापाखेलमा रहेको सिभिल अपार्टमेन्ट जस्ता परियोजना सञ्चालन गरेको छ ।

सिभिल होम्सले भैंसेपाटीमा २४ रोपनी जग्गामा ५२ वटा घर निर्माण गरी २१ देखि ३१ लाख मूल्यमा बिक्री गरिसकेको छ । कंलकी तीनथानामा ७५ रोपनी जग्गामा बनेका एक सय २३ वटा घर समेत हस्तान्तरण भइसकेको अवस्था छ ।यस्तै, सुनाकोठीमा एक सय २७ रोपनी जग्गामा बनेको एक सय ९५ वटा घर पनि हस्तान्तरण भइसकेको छ । यस्तै धापाखेल, सीतापाइला, गोदावरीका घर बिक्री र निर्माण कार्य भइरहेको छ।

यस वर्षको घरजग्गा मेलामा सिभिल होम्सको फेज ७ र ९ का घरहरुमा बम्पर उपहार योजना राखिएको छ । यस्तै, धापाखेलमा निर्माणाधीन सिभिल होम्स फेज ४ टावर ‘ए’ अपार्टमेन्ट बिक्री हुनेछ । जसको मूल्य घरजग्गा मेला अवधिभर ३७ लाख कायम गरिएको छ ।

प्रविधिमैत्री डाउन टाउन हाउजिङ
डाउन टाउन हाउजिङ कम्पनी सन् १९९२ मा स्थापना भएको हो । यस कम्पनीले निरन्तर रुपमा घर जग्गासम्बन्धी काम गर्दै आएको छ।

ग्राहकको सुविधालाई  ध्यानमा राखेर यसले डाउन टाउन अपार्टमेन्ट बनाएको हो । परिवार, व्यावसायिक, पेसाकर्मी, कार्यकारी अधिकृत, विदेशी पाहुना तथा लामो बिदामा आएका पर्यटक आदिलाई  मध्यनजर गरेर यो अपार्टमेन्ट निर्माण गरिएको हो । ७ तले यो भवन वातावरण सुहाउँदो छ । कम्पनीले बख्खुडोल, सानेपामा सिटी भ्यू अपार्टमेन्ट तय गरेको छ।

अपार्टमेन्टको कर्पोरेट कार्यालय जावलाखेलमा छ । वास्तु तथा फेंगसुइका आधारमा निर्मित यो भवन नेपाल ल्याड एन्ड हाउजिङ, इन्टरनेसनल रियल स्टेट फेडरेसन, फ्रान्स, फेडरेसन अफ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, कन्फेडरेसन अफ नेपलिज इन्डस्ट्रिज आदिसँग आबद्ध छ ।सुन्दर बगैंचा, जिम तथा हेल्थ क्लब, बालबालिका खेल्ने चौर, जगिङ ट्र्याक, मन्दिर, एटिएम सुविधा, चौबीसै घन्टा सुरक्षा, सोसाइटी अफिस, पानी तथा बिजुलीको सुविधा, भएको यो भूकम्प प्रतिरोधात्मक क्षमता, आगलागी नियन्त्रण प्रणालीयुक्त छ ।

इनोभेटिभ कन्स्ट्रक्सन टेक्नोलोजी
घरजग्गा मेलामा पञ्चकन्या ग्रुपले इनोभेटिभ कन्स्ट्रक्सन टक्नोलोजीका घरहरुको विषयमा जानकारी दिने भएको छ । विशेष गरी स्टिलसँग सम्बन्धित प्रविधिमैत्री घर सोमा राखिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार घरजग्गा मेलामा पञ्चकन्या ग्रुपका सबै उत्पादन राखिने छ।

प्रकाशित: १ असार २०७५ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App