६ वैशाख २०८१ बिहीबार
राजनीति

दलित आयोग दस महिनादेखि पदाधिकारीविहीन


काठमाडौं - राष्ट्रिय दलित आयोग महिनौंदेखि पदाधिकारीविहीन छ। दुई वर्षदेखि पालैसँग आयोगका पदाधिकारीको पदावधि सकिएपछि आयोग पदाधिकारीविहीन बनेको हो। पदावधि सकिएका पदाधिकारीको ठाउँमा नयाँ नियुक्ति हुन सकेको छैन।

आयोगका अनुसार गत भदौमा आयोगका सदस्यहरु मञ्जित ताम्राकार र गोविन्द सुनारको पदावधि सकिएपछि आयोग पूरै रित्तो बनेको हो। आयोगका अध्यक्ष मानबहादुर नेपालीको दुई वर्षअघि नै पदावधि सकिएको थियो। अन्य सदस्यको डेढ वर्षअघि पदावधि सकिएको थियो। आयोगका सदस्यसचिव सीताराम घलेको पदावधि गत असारमा सकिएको थियो । आयोगमा १७ जना पदाधिकारी थिए।

पदाधिकारीविहीन बनेपछि दलित आयोगले गर्नुपर्ने काम अघि बढ्न सकेको छैन। नियमित कामसमेत प्रभावित भएको छ।

पदाधिकारीविहीन बनेपछि दलित आयोगले गर्नुपर्ने काम अघि बढ्न सकेको छैन। नियमित कामसमेत प्रभावित बनेको आयोगका अधिकृत रामबहादुर विश्वकर्माले बताए। आयोगमा रहेका कर्मचारीको व्यवस्थापन, तलबभत्ता, दलित समुदायका लागि आवश्यक ऐन निर्माणमा निर्देशन गर्ने, दलित समुदायमाथि भएका जातीय विभेदका घटनाको अनुगमन तथा कारबाहीको लागि निर्देशन दिनेलगायतका काम अघि बढ्न नसकेको विश्वकर्माले बताए।

‘दसबाह्रवटा निवेदन दलित जातभित्र सूचीकृत गर्नुपर्छ भनेर आएका छन्। निवेदनमाथि कुनै छलफल हुन सकेको छैन’, विश्कर्माले भने । गत साता कालीकोटमा मारिएकी दलित महिला वडा सदस्य मना सार्कीको घटनाबारे अनुगमन गर्न समेत आयोग पुग्न नसकेको उनले बताए। आयोगमा पदाधिकारी हुँदा दलितसम्बन्धी जातीय विभेद र हिंसाका घटना हुँदा स्थलगत अध्ययनका लागि पदाधिकारीसहितको विज्ञ टोली पुग्ने गरेकोमा पदाधिकारी नभएपछि ती काम हुन नसकेको विश्कर्माले बताए।

आयोगका पूर्वसदस्य ताम्राकारले लामो समयसम्म पनि आयोगमा पदाधिकारी नियुक्त नहुनुले यो विषयमा सरकारले ध्यान नदिएको पुष्टि भएको दाबी गरे। आयोगका पूर्वसदस्यसचिव घलेले आयोग खालि भएपछि जातीय विभेद तथा हिंसाका घटनामा पीडितले न्याय नपाउने बताए। आयोगमा पदाधिकारी नभएकै कारण मना सार्कीको हत्या घटना प्रभावित बनेको बताए।

प्रधानमन्त्रीका पे्रस सल्लाहाकार कुन्दन अर्यालले संवैधानिक आयोगहरुमा क्रमशः पदपूर्ति हुँदै जाने बताए। ‘संवैधानिक परिषद्को बैठक मंगलबार बसेपछि प्रधानन्यायाधीश नियुक्त भइसकेका छन्, अब अन्य संवैधानिक आयोगमा निय्ुक्ति प्रक्रिया अघि बढ्दै जान्छ’, अर्यालले भने। उनले दलित आयोगमा नियुक्ति प्रक्रिया अघि बढेको वा नबढेको विषयमा भने प्रस्ट खुलाएनन्।

प्रकाशित: १ असार २०७५ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App