७ वैशाख २०८१ शुक्रबार
समाज

चितुवाको आक्रमणमा परी बालिकाको मृत्यु

बिरा गडाल

बैतडी-चितुवाको आक्रमणमा परी  बैतडीमा एक बालिकाको मृत्यु भएको छ। शनीबार साँझ आँगनमा खेल्दै गरेकी उदयदेव–२ कफाडीका हिरा चन्दकी ४ वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी जंगलतिर लगेको थियो। खोजतलास गर्दा घरदेखि करिब ८ मिटरको दूरीमा रहेको रत्याल खोलामा टाउको र शरीर अलग भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।

चितुवाले आक्रमण गरेलगत्तै स्थानीयवासी र प्रहरीको टोलीले बालिकाको खोजी गरेको थियो। यसअघि भदौ पहिलो साता पनि उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दकी सात वर्षीया छोरी चञ्चलाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो।

चितुवाले बस्ती पसेर मानिसलाई आक्रमण गरी ज्यान लिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। नरभंक्षी चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्। बालबालिका बिद्यालय जान डराउन थालेका छन् भने महिलाहरु मेलापात जान डराइरहको उदयदेव स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र महताले जानकारी दिए। तल्लो स्वराड क्षेत्रका सात गाविसमा पाँच बर्षयता चितुवाको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन।

चितुवाको आक्रमण बढेपछि स्थानीय प्रशासनले नरभंक्षी चितुवा मार्न प्रहरी परिचालन गरेको छ। हतियार सहितको प्रहरी टोली चितुवा प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७३ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App