कांग्रेस जिल्ला सभापतिको माग

केन्द्रीय सभापतिदेखि सबै तलबाटै चुनिनुपर्छ

शुक्रबार, ०१ असार २०७५, ०७ : ४५ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापतिदेखि केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानकोे व्यवस्था संशोधनका लागि लबिङ सुरु गरेका छन्। उनीहरू केन्द्रीय सदस्यदेखि सबै नेता तल्लो तहबाटै निर्वाचित हुँदै नेतृत्वमा पुग्नेगरी विधानमा रहेको पदन व्यवस्था संशोधनका लागि जिल्ला सभापतिको भेलामा प्रस्ताव लैजाने तयारीमा जुटेका हुन्।

असार ५ देखि ७ गतेसम्म हेटौंडामा हला सभापतिको भेला केन्द्रीय सभापति, उपसभापति, महामन्त्रीका साथै सदस्यहरू तल्लो तहबाटै निर्वाचित हुँदै महाधिवेशनमा सहभागी हुनेगरी विधान संशोधनको प्रस्ताव राख्ने भएका छन्। विधानमा रहेको पदेन व्यवस्थाले नेतृत्वलाई खुसी बनाएर पार्टी केन्द्रीय समितिमा पुग्ने र निरन्तर त्यसकै बलमा पार्टीभित्र शासन चलाउने पवृत्ति हाबी भएको उनीहरूको निस्कर्ष छ।

मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बुले पार्टी संगठनलाई बलियो बनाउन विधानमा रहेको पदने व्यवस्था हटाउनुपर्ने तर्क गरे। ‘पार्टी संगठनलाई बलियो बनाउन सबै नेताहरु तल्लो तहसम्म पुग्र्नुपर्छ। महाधिवेशनमा चुनिएर आउनुपर्छ,’ मोरङ सभापति लिम्बुले भने, ‘केन्द्रको मात्र होइन पदेन महाधिवेशन र अधिवेशन प्रतिनिधि हुने सबै व्यवस्था हटाउनुपर्छ। तल्लो तहबाटै सबै तहका नेताहरू निर्वाचित हुँदैआउनुपर्छ।’

विधानको यस्तो व्यवस्थालाई हटाउन जिल्ला सभापतिहरूले विगतदेखि नै लबिङ गर्दै आए पनि सफल हुनसकेका छैनन्।

कांग्रेस विधानको धारा १५(२) खमा केन्द्रीय सभापतिदेखि पदाधिकारी र केन्द्रीय सदस्यहरू एक कार्यकालका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। धारा ८ र १० को उपधारा १/१मा क्रमश क्षेत्रीय र जिल्ला अधिवेशनमा कार्यसमिति सदस्य, समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार स्वतः प्रतिनिधि हुने व्यवस्था छ।

संवैधानिक व्यवस्थाअनुसार पार्टी संगठनलाई ढाल्नुपर्ने बताउँदै अहिलेको स्वरूप र ढाँचाले कम्युनिष्टसँगको प्रतिस्पर्धा सम्भव नहुने निस्कर्ष निकालेका छन्। नयाँ व्यवस्थाअनुसार पार्टीका संरचनालाई तत्काल बदल्नु पर्ने बताउँदै जिल्ला सभापतिले क्रियाशील सदस्यता वितरणको अहिलेको पद्दति परिर्माजन गर्नुपर्नेमा जोड दिएका छन्।

डडेलधुरा सभापति कर्ण मल्ल साधारण र क्रियाशील गरी दुई प्रकारको सदस्यता हटाएर एउटै बनाउनुपर्ने पक्षमा छन्। ‘कुनै व्यक्ति कांग्रेसको सदस्यता लिनबाट वञ्चित हुन्छ भने पार्टीमा कसरी सक्रिय होला? त्यसलै सबैका लागि संधै खुला गर्नुपर्छ,’ मल्लले भने, ‘त्यसपछि पार्टीको नीति, सिद्धान्तअनुसार चल्यो वा चलेन भनेर मूल्यांकन र नियन्त्रण गर्ने प्रणाली बसाल्नुपर्छ।’

कास्की सभापति कृष्ण केसीले पार्टीलाई फास्टट्रायकबाट हिंडाउन खोज्दा क्रियाशील सदस्यता वितरणमा समस्या देखिएको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने औंल्याए। ‘क्रियाशील लिएकै दिन महाधिवेशन प्रतिनिधि उठ्न पाउनेसहितको कही व्यवस्था मिलाउनुपर्छ,’ उनले भने।

क्रियाशील सदस्यताको संख्यालाई आधार मानेर महाधिवेशन वा अधिवेशन प्रतिनिधि आउने व्यवस्था गर्नुपर्ने सुनाउँदै उनले भने, ‘सदस्यता संख्या बढायो प्रतिनिधि कम हुँदा समस्या देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्छ।’

महाधिवेशनको मुखमा पार्टी नेताहरुले क्रियाशील सदस्यता वितरण गर्ने र उनीहरूबाट चुनीएर आएकाबाट केन्द्रीय नेतृत्वमा पुग्ने कांग्रेस विधानको व्यवस्था छ। पार्टी लामो समय अध्यक्षात्मक प्रणालीबाट चल्दै आएको बताउँदै उनले भने, ‘तर, बहुमत सदस्य निर्वाचनबाट चुनीएर आउँदा संगठन सञ्चालनमा समस्या देखिएको छ। त्यसतर्फपनि सोच्नुपर्ने बेला आएको छ।’

अन्तरिम संविधानको व्यवस्थाअनुसार रहेका क्षेत्रीय, स्थानीय संगठनलाई विधान संशोधनमार्फत परिर्वतन गर्नुपर्नेमा सभापतिहरूको जोड छ। नयाँ संविधानको व्यवस्थाअनुसार १सय ६५ निर्वाचन क्षेत्र र ७ सय ५३ नगर तथा गाउँपालिका रहे पनि कांग्रेसको सांगठनिक संरचना पुरानै छ। २ सय ४० क्षेत्रीय समिति रहेका छन् भने तल्लो तह पनि पुरानैअनुसार छ। ‘जिल्ला, क्षेत्र, गाउँपालिका र वडालाई नयाँ ढाँचामा लैजानेगरी विधान संशोधन आवश्यक छ,’ नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीले भने, ‘पार्टीमा युवाको आकर्षण बढाउने गरी नयाँ ढाँचा बनाउनुपर्छ।’

मुलुक संघीय संरचनामा गए पनि पार्टी संगठनलाई त्यसअनुसार अझै नढालेको कांग्रेसभित्र प्रदेश समिति गठनका लागि पनि जिल्ला सभापतिहरूले नेतृत्वलाई दबाब दिने छन्। विधानको व्यवस्थाअनुसार बाँकी समयका लागि तर्दथ समिति गठन गर्ने कि निर्वाचन गर्ने भन्नेमा नेताहरु विभाजीत छन्। तर जिल्ला सभापतिहरु भने बाँकी अवधि वा पूरा कार्यकालका लागि निर्वाचन गर्नुपर्ने पक्षमा छन्। ‘तर्दथवादले पार्टीलाई नयाँ उर्जा दिनसक्दैन,’ डडेलधुरा सभापति मल्लले भने, ‘सातवटै प्रदेश र अन्य तहमा अधिवेशनबाट नेतृत्व चयन गर्नुपर्छ । पाँच वर्षपछि हुने चुनावको तयारीमा पार्टी जुट्नुपर्छ।’

जिल्ला सभापतिहरूको भेलामा लैजाने प्रस्तावका लागि प्रदेशस्तरमा र गुटगत आधारमा छलफलमा जुटेका उनीहरू सामुहिक र गुटगत आधारमा विधान संशोधनको प्रस्ताव भेलामा लैजाने तयारीमा छन्। तर, पार्टीका शीर्ष नेता नै विभाजित हुँदा भेला सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदासमेत विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन।

वैशाख १६ गते सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्ने निर्णय लिगेको थियो। तर, समितिमा राख्ने सदस्यको विषयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति जुट्न नसक्दा गठन हुन सकेको छैन।

आन्तरिक विवादमै रुमलिएका शीर्ष नेताहरू एकअर्काप्रति आरोपप्रत्यारोपमा समय बिताइरहेका छन्। दुई पार्टीलाई एकता गरेर गठन भएको कम्युनिस्ट पार्टीसँग कसरी प्रतिस्पर्धा गर्ने भन्दा एकअर्कालाई कमजोर बनाएर १४औं महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउने धुनमा रहेका उनीहरूले सार्वजनीक रुपमै एकअर्काको आलोचनामा रहेका छन्।

पार्टीको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनको उद्घाटनसत्रमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल मात्र होइन अन्य नेता पनि एकअर्काविरुद्ध गालीगलौज गर्न सक्रिय थिए। प्रतिनिधि र प्रदेशसभा निर्वाचनम पराजयको जिम्मेवारी कसले लिने भन्ने विषयमा दुई कित्तामा विभाजित कांग्रेस नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता भने औंल्याएका छन्। तर, एकअर्काको कमजोरी औंल्याउने र आफ्नो अडानबाट पछि नहट्ने संकेत गर्दै पार्टी सभापति देउवाले आपूmविरुद्ध बोलेर पार्टी बलियो नहुने बताए। कम्युनिस्ट नेतृत्व सरकारविरुद्ध लड्नुको साटो शेरबहादुरलाई गाली गर्न नेताहरू लागिपरेको बताउँदै देउवाले भने, ‘कम्युनिस्टविरुद्ध पो बोल्न पाइँदैन, सकिँंदैन।

गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासँग नसक्नेहरू अहिले आफ्नोविरुद्ध बोल्न पाएको जिकिर गर्दै देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफू तयार रहेको बताए। पार्टीलाई विधान र सहमतिसाथ एकैपटक अघि बढाउन नसकिने तर्क गर्दै उनले भने, ‘आफूलाई चाहिंदा सहमति नचाँहिदा विधानको कुरा हुँदैन। त्यो टेरिन्न। कि सहमतिबाट हुन्छ कि विधानअनुसार पार्टी चल्छ।’

कसैले भन्दैमा पार्टी नेतृत्व नछाड्ने जिकिर गर्दै मलेसियामा केही समयअघि मात्र ९२ वर्षको व्यक्ति प्रधानमन्त्री बनेको देउवाको तर्कको थियो। ‘मत बल्ल ७४ वर्षको भए,’ उनले भने, ‘कहाँ म बुढो भए?’

कार्यक्रममा पार्टी मचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी सभापतिको भएको जिकिर गरेका थिए। पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा आफ्नो संधै सहयोग गरहने बताउँदै पौडेलले त्यसका लागि सभापतिले स्पष्ट आधार प्रस्तुत गर्नु पर्ने तर्क गरे। ‘न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकनसहित पार्टी विधानको दायराभित्र रहेर सभापतिले पार्टीलाई सहमतिमा अघि बढाउनुपर्छ।’

पार्टी नेतृत्वसँग नैतिक बल कमजोर भएको संकेत गर्दै पौडेलले कम्युनिष्टसँग लड्न नैतिक बल आवश्यक भएपनि पार्टीमा नैतिक धरातल कमजोर बन्न पुगेको दाबी गरे। हाम्रो सिद्धान्तले जिते पनि संगठन किन हा¥यो भन्ने प्रश्न गर्दै भने, ‘कांग्रेसको मूल्यमान्यताअनुसार हामी हिंड्न सकेनाैँ।’

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र आरोप प्रत्यारोप बढि भएको दाबी गरे।‘एसएलसीमा छोरो किन फेल भयो कारण खोजेर पास हुनेगरी पढाउन लाग्ने समय हो अब,’ उनले भने, ‘शिक्षकलाई कारबाही गर्ने होइन।’

महामन्त्री शशांक कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्तय गर्न सके कांग्रेसलाई कसैले जित्न नसक्ने दाबी गरे। ‘कांग्रेसलाई हराउन कांग्रेस हो,’ उनले भने, ‘अब तयसको अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ।’

पार्टीका शीर्ष नेताहरूबीच झगडा र मतभेद राख्ने अधिकार रहेको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेताहरूलाई झगडा गर्ने अधिकार छ तर त्यो सार्वजनिक ठाउँमा होइन बन्द कोठामा गर्नुस्।’








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad