८ वैशाख २०८१ शनिबार
अर्थ

नेप्से पाँच बिन्दुले बढ्यो

काठमाडौं– सेयर बजार मापक नेप्से सूचक बिहीबार ५.२३ बिन्दुले बढेको छ । अघिल्लो दिन बुधबार २.८१ बिन्दुले बढेको थियो । दुई दिन लगातार बढेर नेप्से सूचक १२४७.३० मा पुगेको छ ।

कुल एक सय ६५ कम्पनीको ३१ करोड ८२ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कुल नौ लाख १२ हजार सात सय ५० कित्ता सेयर किनबेच भएको हो ।कारोबार भएका नौवटा समूहमध्ये बिमाबाहेक बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । बिमा समूहको भने ५.४७ बिन्दुले ओरालो लागेको छ । वाणिज्य बैंक समूह २.८८ बिन्दुले उकालो लागेको छ ।

कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । प्रभुको एक करोड ९५ लाख रुपैयाँभन्दा धेरैको संस्थापक सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः मेगा बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था परेका छन् ।

प्रकाशित: १ असार २०७५ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App