रसियामा अाजदेखी सुरू भएकाे विश्वकप फुटबल अन्तर्गत रसिया र साउदी अरेबीयाबीचकाे खेलकाे पहिलो हाफको खेल सकीएको छ । विश्वकप आयोजक राष्ट्र रसियाले साउदी अरेबीया विरुद्ध दुई गोलको अग्रता कायम गरेको छ। खेलमाथि आफ्नो दबदबा कायम राखेको रसियाले खेलको १२ औं र ४३ औं मिनेटमा गोल गर्यो। रसियाका लागि युरी गाजीन्सकीले १२ औं र डेनीस चेरीसेभले ४३ औ मिनेटमा गोल गरे।
प्रकाशित: ३१ जेष्ठ २०७५ १५:५५ बिहीबार