४ वैशाख २०८१ मंगलबार
खेल

२१ औं रसिया विश्वकप फुटबलको ट्रफी सार्वजनिक

काठमाडौं – २१ औं फिफा विश्वकप फुटबल प्रतियोगिको ट्रफी एक भब्य समारोहका बीच मस्कोको लुज्निकी रंगशालामा सार्वजनिक गरिएको छ। 

ट्रफी सार्वजनिक समारोहमा विभिन्न देशका उच्च पदस्थ पदाधिकारी लगायत रंगशालामा उपस्थित भएका थिए। प्रतियोगिताको उद्घाटन एक भब्य समारोहका बीच भइरहेको छ।

प्रतियोगिताअघि आयोजक देशले आफ्नो सभ्यता र संस्कृति देखाएका छन्। जहाँ रुसकी प्रख्यात गायिका गारिफुलिनाको प्रदर्शन दिएकी छन्। उदघाटन समारोहमा ५ सय डान्सर, जिम्न्यास्ट र कलाकारहरुका प्रस्तुती समावेश हुने छ।

प्रतियोगिताको उद्घाटन खेल ८ः४५ बाट सुरु हुँदैछ। जसमा आयोजक राष्ट्र रसियाले एसियाली मुलुक साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App