८ वैशाख २०८१ शनिबार
खेल

फुटबलको महाकुम्भ शुरु

काठमाडौँ– फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटन समारोह सुरु भएको छ । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा नेपाली समयअनुसार आज बिहीवार साँझ २०:१५ बजे उद्घाटन समारोह सुरु भएको छ । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन्।

र‌ंगशालामा अहिले झकिझकाउ सा‌ंगीतिक प्रस्तुति चलिरहेको छ। यो प्रस्तुतिमा फुटबलको आकृतिमा कलाकारहरुले सहभागि राष्ट्रहरुको प्रतिनिधित्व हुनेगरि प्रस्तुति दिइरहेका छन् ।

आजै २०:४५ बजे उद्घाटन खेलमा  आयोजक रुस र साउदी अरेबिया आमनेसामने हुँदैछन्। विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेको अभिलेख छैन । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघले उद्घाटन खेल खेलेको थियो जसमा खेल बराबरीमा टुङ्गिएको थियो । त्यस्तै सोभियत सङ्घले सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यता साउदी अरबले भने सन् २०१० र २०१४ मा विश्वकपमा खेल्न पाएको थियो भने सन् १९९४ को विश्वकपमा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App