अमेरिका–उत्तर कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

बिहिबार, ३१ जेठ २०७५, १९ : ३५ नागरिक

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। 

नेता नेपालले विहीबार जारी गरेको विज्ञप्तिमा गत मंगलबार उहाँहरुबीच सिंगापुरमा भएको ऐतिहासिक वार्ताको स्वागत गर्दै शान्ति, समृद्धि र निःशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरिया प्रायःद्वीपका साथै विश्वमा शान्ति कायम भूमिका निर्वाह गर्ने जनाइएको छ। 

विज्ञप्तिमा हालैका दिनमा कोरियाली प्रायःद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासमा सो वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने उल्लेख गर्दै भनिएको छ, “मुलुकका बीचमा देखापर्ने कुनै पनि समस्याको समाधान आपसी संवादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ ।” 

सहमति भएका विषयलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायःद्वीपमा दिगो शान्ति कायम गराउने बताउँदै उनले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तालाई समेत निरन्तरता दिँदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा गरेका छन्। 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad