coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

उदयपुर – उदयपुरमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। अन्दाजी ५ः३० बजेको समयमा त्रियुगा नगरपालिका ३ मोतिगडा चोकमा स ५ प ४०६५ नम्बरको मोटरसाइकको ठक्करबाट नाम थर नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

प्रहरीका अनुसार पैदल यात्री महिलालाई गाईघाट–जलजले खण्डको जलजलेतर्फबाट गाईघाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएकी थिइन्। उनलाई तत्काल प्रहरीले उद्धार गरी उपचारार्थ गाईघाट अस्पताल ल्याएको थियो। तर, उपचारकै क्रममा पौने ६ः०० बजे महिलाको मृत्यु भएको जनाइएको छ। 

जिल्ला प्रहरी कार्यालय गाईघाटदेखि ३ किलोमिटर पश्चिममा भएको दुर्घटनामा प्रमुख एसपी नजराज भट्ट स्वयं खटेको टोलीले ठक्कर दिने मोटरसाइकल चालक त्रिनपा ४ बगाहाका २० वर्षीय भुवन विकलाई घट्नास्थलबाटै नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ। नाम ठेगाना नखुलेका कारण मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको र आफन्तको खोजी कार्य थालिएको एसपी भट्टले बताए। 

प्रकाशित: ३१ जेष्ठ २०७५ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App