६ वैशाख २०८१ बिहीबार
समाज

भिरबाट लडेर युवकको ज्यान गयो

जाजरकोट - भिरबाट लडेर जाजरकोटमा  विहिवार  एक युवकको मृत्यु भएको छ। जिल्लाको नलगाड नगरपालिका २ डाडागाउँका २२ बर्षीय महेश गौतमको नहकुली भन्ने  लेखको भिरबाट लडेर मृत्यु भएको स्थानीय लालवहादुर वलीले वताए।  भैसीलाइ खुवाउने  घाँस काट्ने क्रममा   गौतमको  लडेर मृत्य भएको  वलीले वताए। भिरवाट ५ मिटर  तल खसेका  गौतमको  घटना स्थलमै मृत्यु भएको  हो। 

गतिलो सडक र वाटोघाटोको  अभावमा  ग्रामीण भेगका  एक दर्जन वढी स्थानीयहरुले  भिर र अप्ठेरो स्थानवाट लडेर ज्यान गुमाएका छन्। वनेका वाटो र सडक तथा  कच्ची पुलहरु  छिटटै विग्रने भत्किने गरेका कारण ग्रामीण भेगका स्थानीयहरुले अकालमै ज्यान गुमाउनु परेको लहँका स्थानीय वद्री पन्तले वताए।

प्रकाशित: ३१ जेष्ठ २०७५ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App