७ वैशाख २०८१ शुक्रबार
समाज

आत्मघाती आक्रमणमा परेका तामाङको मृत्यु

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा गम्भीर घाइते बनेका च्याङ्बा तामाङको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार काबुलस्थित अस्पतालमा उपचारक्रममा नुवाकोटका तामाङको बुधबार साँझ मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा रहेका तामाङलाई थप उपचारका लागि भारत ल्याउन सकिएको थिएन। तामाङ काबुलस्थित क्यानडेली दूतावासमा सुरक्षा गार्ड थिए। उनको शव स्वदेश ल्याउनका लागि आवश्यक प्रवन्ध गर्न मन्त्रालयले अफगानिस्तानमा रहेका कार्यवाहक राजदूत तीर्थराज अर्याललाई निर्देशन दिइसकेको जनाएको छ।

सोही आक्रमणमा सोमबार १२ नेपाली र दुई भारतीयको मृत्यु भएको थियो। आक्रमणमा घाइते भएका ६ नेपालीको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ९ असार २०७३ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App