coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भ्रमित पारी ठगी गर्ने तीन पक्राउ

इटहरी–विदेश जानेलाई भ्रमित पारेर ठगी गर्न लागेको आरोपमा इटहरीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। झुक्याएर पैसा लिएको आरोपमा प्रहरीले इटहरी ५ एक्सेस ट्राभल्स नामक मेनपावर सञ्चालन गर्ने  धनकुटा जितपुर–१ का २४ वर्षीय सन्देश श्रेष्ठ, इटहरी –५ कै ३२ वर्षीय जितेन्द्र बुढाथोकी र धनकुटा मुर्तिढुङ्गाद्द८ का २४ वर्षीय प्रकाश खडकालाई पक्राउ गरेको हो ।

मेनपावरबाट प्रहरीले केही पासपोर्टलगायतका अन्य कागजात नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए ।

इटहरीमा कामदारको माग बिना र  श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले ठगी गर्ने गिरोह सक्रिय छ । दुई साताअघि मात्र इटहरीबाटै प्रहरीले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ गरि कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको थियो ।

इटहरीमा अवैध रुपमा काम गदैं आएको समूहले विदेश जानेलाई भ्रमित पारेर ठगी गरि रहेको पाइएको छ । इटहरीमा आधिकारिक १३ वटा शाखा कार्यालय छन् भने एजेन्ट कार्यालय बग्रेल्ती छन् ।

एजेन्ट कार्यालयलाई पासपोट संकलन गरेर मेनपावरको मुख्य कार्यालयमा पठाउने मात्र अधिकार हुन्छ । इटहरीमा भने एजेन्ट कार्यालयले पासपोर्ट संकलन पनि गर्ने र आर्थिक कारोबार पनि गर्ने गरेको पाइएको छ।

 

प्रकाशित: १९ भाद्र २०७३ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App