८ वैशाख २०८१ शनिबार
समाज

आरुभञ्जयाङ विद्यालयलाई ६ लाखको शैक्षिक सामग्री

आरुभञ्जयाङ आधारभूत विद्यालयलाई वितरण गरेको डेक्स बेन्च । तस्विर : नागरिक

काठमाडौं– सपोर्ट माई स्कुलले आरुभञ्जयाङ आधारभुत विद्यालयलाई करिब ६ लाख रुपैंयाको शैक्षिक सामग्री तथा फर्निचर वितरण गरको छ। ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित रहेको विद्यालयलाई औपचारिक कार्यक्रमका बीच फर्निचर र शैक्षिक सामग्री वितरण गरेको हो। 

दुबईबाट सामाजिक सञ्जालको प्रयोग गर्दै बिनोद तामाङले सपोर्ट माई स्कुल अभियान चलाएका थिए। ओखलढुंगा सुनकोशी गाउँपालिकाका युवाहरुको सक्रियतामा उक्त अभियान सञ्चालन भएको अभियानका संयोजक तामाङले बताए। 

‘विदेशमा रहेर सामाजिक सञ्जालको माध्यमबाट अभियान सुरु गरेका थियौं। सामान्य ढंगले गर्दा गर्दै अभियानले बृहत आकार लियो,’ अभियान्त तामाङले भने, ‘प्रवासमा रहेका स्थानीय युवाहरु मिलेर गाउँको विद्यालयको शैक्षिक गुुणस्तरका लागि अभियान चलाएका थियौं। गरे हुने रहेछ।’

यस अभियानका लाग विनोदले नै १५ हजार घोषणा गरेका थिए। यसपछि कुमार तामाङ, हेमराज तामाङ हुँदै धेरै सहयोगीहरुले अभियानमा साथ दिएका थिए। 

नेपालबाट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका केन्द्रिय सदस्य बलराज तामाङले उक्त अभियानको संयोजन गरेका थिए। ‘अभियान चलाउन सहज हुँदा हुँदै पनि कठिनाईहरु पनि थियो। तर, स्वच्छ मनले गरेका सहयोगहरुका कारण अभियान सफल भएको छ। हामीले आधुनिक फलामको डेक्स बेन्च ४० जोर, २ सय विद्यार्थीलाई कापि कलम वितरण गरेका छौ,’ अभियान्त तामाङले भने, ‘८ वटा ह्वाइट बोर्ड, ८ डस्टर, जेहेन्दार तथा गरिव ६ जना विद्यार्थीलाई विद्यालयको पोषाक वितरण गरेका छौं।’  

यस्तै, उनकै पहलमा राष्ट्रिय खेलकुद परिषदबाट दिएको खेलकुदका सामाग्री सुनकोशी मावि र आरु भञ्ज्याङ आधारभूत विद्यालयमा वितरण गरेका छन्। भलिबलको सेट, फुटबल, ब्याटमिनटको सेट सोही कार्यक्रममा हस्तान्तरण गरिएको तामाङले जानकारी दिए। 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App