८ वैशाख २०८१ शनिबार
समाज

शिखर प्लाइउड उद्योगमा भीषण आगलागी

गणपति प्लाईउड उद्योगमा लागेको आगो नियन्त्रण गर्दै सुरक्षाकर्मी ।

कोहलपुर–समशेरगन्ज–८ स्थित पार्वतीपुरमा रहेको गणपति प्लाइउड उद्योग प्रालिमा भीषण आगलागी भएको छ। शिखर प्लाइउडमा आगलागी हुँदा डेढ करोड क्षति प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। गएराति एक बजेर ४५ मिनेटमा आगलागी भएको थियो।

सेना, शसस्त्र, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा विहान चार बजेर २५ मिनेटमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। साँढे तीन घण्टापछि आगलागी नियन्त्रणमा आएको उनले जनाए। विद्युतको सर्टहुँदा शिखर प्लाइउडमा आगलागी भएको हो।

राति पलाइउडको काम भइरहेको बेला विद्युत सर्ट भएको  हो। आगलागीबाट उद्योगमा मेसिन र कच्चा पदार्थ सहित डेढ करोड बढी क्षति भएको छ ।

 

प्रकाशित: १९ भाद्र २०७३ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App