कम्युनिष्टको दुई तिहाइ मत जोगाइराख्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

बिहिबार, ३१ जेठ २०७५, १३ : ५३ नागरिक

108


इटहरी – नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्। 

उपप्रधानमन्त्री पोखरेलले बिहीबार सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन्।
 
नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको चर्चा गर्दै नेता पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपाल र खुशी नेपाली समाज निर्माण गर्नु हो भने। 

उनले यदि कसैले पार्टीको टोपी वा खोल ओढेर जनविरोधी भ्रष्टाचारको काम गर्न वा गराउन प्रेरित वा उक्साउने कार्य गर्छ भने त्यो आफैँ नाश भएर जाने बताए। 

नेता पोखरेलले पार्टीभित्र नमिलेका केही कुरा छन् भने त्यो सचिवालयले मिलाउने दाबी गर्दै भरसक लेनदेन नमिलेमा तल्लो तहदेखि नै मिलाउँदै जाने विषयलाई कम्युनिष्टहरु आफैँले मिलाउँदै जान सक्नुपर्छ भने।
 
सोही अवसरमा उनले राप्रपा तथा अन्य विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा सांसद भीम आचार्यले पनि आफ्नो धारणा राखेका थिए। कार्यक्रम साविक नेकपा (एमाले)का जिल्ला सभापति रमेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो।  (रासस)






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

विद्यार्थीलाई सचेत गराउँदै मिस नेपाल अर्थ

विद्यार्थीलाई सचेत गराउँदै मिस नेपाल अर्थ

मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले विद्यार्थीलाई सचेतना गराउन थालेकी छिन्। सोमबार शंखमुलस्थित अवेरनेस इन्टरनेसनल एकेडमीका विद्यार्थीलाई उनले वातावरण संरक्षणबारे...

‘नेपाल हैन, नेपाली मात्र धनी भए’

‘नेपाल हैन, नेपाली मात्र धनी भए’

वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता भैरव रिसाल मंगलबारबाट ९१ वर्ष लागेका छन् । केही वर्षयता हरेक जन्मदिनको अवसरमा पुस्तक प्रकाशित...

‘सोसियल मिडिया फिल्म अवार्ड’ हुँदै

‘सोसियल मिडिया फिल्म अवार्ड’ हुँदै

नेपालमा वर्षेनी भइरहने दर्जन हाराहारीको फिल्म अवार्डमा अर्को नयाँ अवार्ड ‘सोसियल मिडिया अवार्ड’ थपिने भएको छ। ...

खोटाङमा तीज महोत्सवको तयारी

खोटाङमा तीज महोत्सवको तयारी

संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि खोटाङमा वृहत तीज महोत्सव हुने भएको छ । लोपोन्मुख संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले...