coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बसबाट खसेर सहचालकको मृत्यु

बुटवल - रुपन्देहीको सैनामैना नगरपालिका ९ बाँसगढीमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन्।

आगाडि गुडीरहेको बसको ढोकाबाट खसेको एक व्यक्तिलाइ सोही दिसाबाट आएको अर्को बसले ठक्कर दिएको थियो र सो बससँग विपरित दिसाबाट आएको अर्को बस जुँधेको थियो। पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ४३१ नम्बरको बसको ढोकाबाट खस्दा सोही बसका सहचालक दैलेख जम्फबास नगरपालिका ७ का दानबहादुर कार्कीको मृत्यु भएको हो।

 क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुडीरहेको बसको ढोकाबाट खसेका २९ वर्षे कार्कीलाइ पछाडिबाट आइरहेको ना ५ ख ३३८९ नम्बरको बसले ठक्कर दिएको थियो ।बसको ठक्करबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो । कार्कीलाइ ठक्कर दिने बस र विपरित दिशाबाट आइरहेको ना ७ ख ७४६५ नम्बरको बस सोही समयमा ठोक्किदा बसमा सवार ४ यात्रु पनि घाइते भएका छन् । अन्य केही यात्रुलाई पनि सामान्य चोटपटक लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App