७ वैशाख २०८१ शुक्रबार
खेल

‘क्रिक्रेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत

तस्बिर साैजन्य: प्रधानमन्त्रीकाे सचिवालय।

काठमाडौं– नेपाली क्रिक्रेटमा जारी विवाद समाधानका लागि नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय क्रिक्रेट काउन्सिल आइसीसीको टोलीले आइतबार प्रधानमन्त्री पुष्पकलम दाहालसँग भेटघाट गरको छ।

आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डशनको नेतृत्वमा आएको टोली प्रधामन्त्रीसँगको भेटपछि नेपालमा क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएको छ। उक्त भेटमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली र राष्ट्रिय खेलकुद परिषद राखेपामा सदस्य सचिव केशब विष्ट पनि सहभागी भएका थिए।

आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डशनको नेतृत्वमा आएको टोली प्रधामन्त्रीसँगको भेटपछि नेपालमा क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएको छ।

भेटमा सहभागी युवा तथा खेलकुदमन्त्री श्रीपालीले आइसीसी नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि क्रिक्रेट  विकास बोर्ड गठन गर्न सहमत भएको बताए । उनले क्रिक्रेट  विकास बोर्ड गठनका लागि छिट्टै सल्लाहकार समित गठन गरिन लागेको पनि बताए । उनले भने, ‘भेटमा हामीले क्रिक्रेट एसोशिएसनको सट्टा क्रिक्रेट  विकास बोर्ड गठनका लागि प्रस्ताव गरेका थियौं जसमा आइसीसी सहमत भएको छ।’

उनले यस बोर्ड गठनको कार्यविधि तथा प्रवधान तयार पार्नका लागि ५ देखि ७ सदस्यीय सल्लाहाकार कमिटी गठन गरिने बताए। उनले उक्त क्रिक्रेट विकास बोर्डले तीन महिनामा निर्वाचन गराउने पनि जनाए। उक्त बोर्ड गठनपछि अहिले भएका सबै समितहरु स्वतः भगं हुनेछन्।
आइसीसीले लगातार विवादित बनेको र आर्थिक अनियमितता भएको भन्दै चार महिना पहिले नेपाल क्रिक्रेट संघ क्यानलाई निलम्बन गरेको थियो। त्यसयता आइसीसीले नै नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिक्रेट खेलको व्यवस्थापनको जिम्मा लिँदै आएको छ।

 

प्रकाशित: १९ भाद्र २०७३ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App