७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

युद्ध रोक्न कास्मिरका मुख्यमन्त्रीको आह्वान

नयाँदिल्ली - भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेका छन्।

द्वन्द्वग्रस्त क्षेत्र र द्वन्द्वमा संलग्नहरूको जीवन र सम्पत्ति जोगाउनका लागि आपसी लडाई अन्त्य गर्नुपर्ने मुख्य मन्त्रीको भनाई छ ।मुुस्लिम समुदायको महान पर्व इदको अवसरमा युद्धविराम भएको सन्दर्भमा मुख्य मन्त्री मुफ्तीले यस्तो आह्वान गरेका हुन्।

गत महिना दुवै देशका सैनिकहरूले सन् २००३ मा भएको युद्ध बिरामको सम्झौतालाई अक्षरस र भावना अनुसार नै पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत भएका थिए ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App