१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा बिरामीसहित दुई जनाको मृत्यु

इटहरी–उपचार गर्न अस्पताल ल्याउँदै गरेका बिरामीसहित दुई जनाको शनिबार राति सुनसरी सिमरियामा भएको दुर्घटनामा परी मृत्यु भएको  छ। स १ च ८९४ नम्बरको एम्बुलेन्समा सिरहाको गोलबजारबाट विराटनगरमा उपचार गर्न ल्याउँदै गरेका बिरामी २० वर्षीय सरोज यादव र एम्बुलेन्स चालक २६ वर्षीय आनन्द खड्गीको मृत्यु भएको हो। यादव गोलबजार–१० र खडगी वडा नं. १ का हुन्।

को १ त १७९ नम्बरको ट्रयाक्टरसँग एम्बुलेन्स राति ८ बजेतिर दुहवी–इनरुवा सडक खण्डमा एकापसमा जुध्दा यादवको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा र खडगीको बाटैमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा सिरहा गोलबजारकै २३ वर्षीय पप्पु यादव, सोही उमेरका रन्जितकुमार यादव र २८ वर्षीय सन्तोष यादव छन्। यस्तै, सिरहा फूलाकटहीका शिव गणेश यादव पनि घाइते भएका छन्। चारै जनाको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।  

 

प्रकाशित: १९ भाद्र २०७३ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App