विश्वकपको पूर्वसन्ध्यामा स्पेनको प्रशिक्षक परिवर्तन

बिहिबार, ३१ जेठ २०७५, १० : ४५ नागरिक

लोप्तेगी बर्खास्त

मस्को – विश्वकप सुरु हुन एक दिन मात्र बाँकी हुँदा स्पेनले मुख्य प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गरेको छ।

स्पेनिस फुटबल संघका प्रमुख लुइस रुबेल्सले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेको अवस्थामा कुनै एक क्लबको प्रशिक्षक प्रस्ताव स्वीकार गरेर आफूहरूलाई धोका दिएकाले लोप्तेगीलाई बर्खास्त गरेको बताएका छन् । रुबेल्सले उनको स्थानमा छिट्टैे राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षक नियुक्त गर्दै रूस पठाउने समेत बताए।

यसअघि मंगलबार स्पेनिस महारथी रियाल मड्रिडले बुधबार लोप्तेगीलाई प्रमुख प्रशिक्षमा नियुक्त गरेको घोषणा गरेको थियो । गत महिना फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएपछि रियाल प्रशिक्षकविहीन बन्दै आएको थियो । तर त्यसको २४ घण्टा समेत नबित्दै उनी बर्खास्तगीमा परेका हुन् । ‘रूस विश्वकपमा सहजै स्थान पक्का गर्न लोप्तेगीले खेलेको भूमिका महत्वपूर्ण छ र हामी उनलाई धन्यबाद दिन चाहन्छौं,’ रुबेल्सले भने, ‘तर हामी पछिल्लो परिस्थितिका कारण उनलाई बर्खास्त गर्न बाध्य भएका छौं।’

स्पेनिस फुटबल संघले रियाल र लोप्तेगीले दुई पक्षबीचको सम्झौता सार्वजनिक गर्नु पाँच मिनेटअघि मात्र जानकारी गराएको आरोप लागाएको छ।

‘यस घटनापछि म मस्कोमा सन् २०२६ को विश्कप आयोजकका लागि हुने चुनाव छोड्दै क्रासडोर फर्किन बाध्य भएँ,’ आक्रोशित देखिएका रुबेल्सले भने, ‘राष्ट्रिय टोलीको प्रशिक्षक भएपछि उनले गर्ने हरेक कार्य हामीलाई जानकारी गराउन आवश्यक छ । उनले रियालले पत्रकार सम्मेलन गर्नु पाँच मिनेटअघि मात्र हामीलाई जानकारी गराए । तर उनको पछिल्लो कदमले उनले आफूखुसी निर्णय लिएको र औपचारिकताका लागि मात्र जानकारी गराएको प्रस्ट हुन्छ । त्यसैले हामी यो कदम चाल्न बाध्य भयौं।’

‘विश्वकप महत्वपूर्ण प्रतियोगिता हो र यहाँ सबैको उद्देश्य उत्कृष्ट प्रदर्शन गर्दै विश्वविजेता बन्नु हो,’ उनले थपे, ‘यसका लागि टोलीका साथै प्रशिक्षक पनि उत्कृष्ट हुन आवश्यक छ । तर त्योभन्दा पनि महत्वपूर्ण पक्ष सबै अनुशासनमा बस्नु हो । तत्कालका लागि यो कदमले स्पेनिस टोली कठिन अवस्थामा आए पनि यसले अबका दिनमा अन्य प्रशिक्षक तथा खेलाडीलाई जिम्मेबार बन्न राम्रो पाठ समेत सिकाउनेछ । मैले यस विषयमा टिम कप्तान सर्जियो रामोस र अन्य खेलाडीसँग कुरा गरिसकें । उनीहरू नयाँ प्रशिक्षकसँग साझेदारी गर्दै टोलीलाई विश्वकपको उपाधिसम्म डोर्याउन तयार छन् ।’ लोप्तेगीले भने हालसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

रूस विश्वकपको समूह ‘बी’ मा भएको स्पेनले शुक्रबार पोर्चुगलविरुद्धको खेलसँगै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यस्तै स्पेनले दोस्रो खेल जुन २० मा इरानसँग खेल्नेछ भने २५ जुनको अन्तिम खेलमा मोरक्कोको सामना गर्नेछ।

फर्नान्डो नयाँ प्रशिक्षकमस्को – स्पेनले बुधबार पूर्वखेलाडी फर्नान्डो हायरोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्पेनिस फुटबल संघले बुधबारै आफूहरूलाई धोका दिएको भन्दै तत्कालीन प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गरेको थियो।

स्पेनिस फुटबल संघका प्रमुख लुइस रुबेल्सले फर्नान्डो क्षमतावान् प्रशिक्षक भएको र उनको प्रशिक्षणमा टोलीले सन्तोषजनक नतिजा ल्याउनेमा आशावादी भएको बताए । ‘हामीले फर्नान्डोको नियुक्तिका बारेमा टिम कप्तान सर्जियो रामोस र अन्य खेलाडीलाई जानकारी गराइसकेका छौं,’ रुबेल्सले भने, ‘उनीहरू फर्नान्डोसँग सहकार्य गर्न उत्साही छन्।’

फनौन्डोले सन् १९९० देखि २००२ सम्म गरी स्पेनबाट ४ पटक विश्वकपमा सहभागिता जनाएका थिए । त्यस्तै उनले सन् १९९६ र २००० गरी दुई पटक युरोपियन च्यापियनसिप खेलेका थिए । व्यावसायिक खेलजीवनमा अधिकांश समय रियाल मड्रिडमा बिताएका फर्नान्डोले सन् २००५ मा इङ्लिस क्लब बोल्टनबाट खेलजीवनको अन्त्य गरेका थिए।

फर्नान्डोले सन् २०१४ मा जिनेदिन जिदानले छोडेपछि रियालमा तत्कालीन प्रशिक्षक कार्लो एन्सेलोट्टीको सहायकका रूपमा काम गरेका थिए । उनले दुई सिजनअघि दोसो श्रेणीको क्लब रियाल ओभिडियोलाई प्रशिक्षण दिएका थिए । सन् २०११ मा स्पेनिस फुटबल संघको खेलकुद निर्देशकको पद छोडेपछि उनी मालागाको प्रबन्धकका रूपमा काम गर्दै आएका थिए।







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad