८ वैशाख २०८१ शनिबार
समाज

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

रौतहट— रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख भन्दा बढी रुपैयाँ चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

राबा बैंक गौरका निमित्त शाखा प्रबन्धक सुरेन्द्र साह र निजकी श्रीमती अनिता साहको नाउँमा रहेको एटिएमबाट दुई लाख ८८ हजार रुपैयाँ निकाली रौतहट मुडबलवा–५ का दिनेश पण्डित फरार थिए।  

राबा बैंक गौरका निमित्त शाखा प्रबन्धक सुरेन्द्र साह र निजकी श्रीमती अनिता साहको नाउँमा रहेको एटिएमबाट दुई लाख ८८ हजार रुपैयाँ निकाली रौतहट मुडबलवा–५ का दिनेश पण्डित फरार थिए।

प्रहरीको खोजी सूचिमा रहेका उनलाई पक्रन प्रहरी सफल भएको हो।

निमित्त शाखा प्रबन्धक साह र उनको पत्नीको नाउँमा रहेको एटिएम कार्ड चोरेर सोको कोड पनि डायरीबाट चोरेर पण्डितले पैसा निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरी प्रबक्ता डिएसपी नवीन कृष्ण भण्डारीअनुसार पक्राउ परेका पन्डितलाई हिरासतमा राखी अनुसन्धान थालिएको छ।

प्रकाशित: १९ भाद्र २०७३ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App