८ वैशाख २०८१ शनिबार
अर्थ

आइएमईको १८औं वार्षिकोत्सव

काठमाडौं– आइएमईले १८औं वार्षिकोत्सव मनाएको छ ।१८ वर्षे कार्यकालमा आइएमईले आफ्नो परम्परागत रेमिट्यान्सलाई परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्सको सुरु गरेको जनाएको छ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पेसाप्रति इमानदार हुनुपर्ने बताएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उललेख छ ।वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका छन् । त्यस्तै फुट्सल प्रतियोगिताका विजेतालाई सिल्ड, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको बताइएको छ । कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न ११ विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App