१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लालबन्दी गोल्डकप : पुलिस उपाधि दौडमा

सर्लाही– रमपम झापा–११ लाई हराउँदै नेपाल पुलिस क्लब २ नं. प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमीफाइनल खेलमा विजयी भएसँगै पुलिसले ७ लाख रुपैंया धनराशीको प्रथम उपाधी दौडमा आफूलाई उभ्याएको छ। 

पुलिसका जर्सी नं. १२ का रवी पासवानले पहिलो हाफको ३९ औं मिनेटमा गोल गरे। झापाले फर्काउन नसक्दा त्यही गोल नै पुलिसका जीतका लागि निर्णायक बन्यो। जावलाखेल युथ क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको झापालाई पुलिसका पासवानले उपाधि यात्रामा ब्रेक लगाए। खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले ५ हजार नगद समेत प्राप्त गरे। 

९० मिनेटको खेल अन्तर्गत झापाका खेलाडीले पटक–पटक पुलिसको गोलपोष्टमा आक्रमण गरेपनि बराबरी गोल हुन सकेन। थपिएको ईन्जुरी टाईम अन्तर्गत १ मिनेट बाँकी छँदा झापाले डिबक्स भित्र पाएको इन्डाईरेक्ट फ्रि किक अन्तर्गत जर्सी नं. ९ का आशिष चापागाँईले प्रहार गरेको बल गोल हुन सकेन। अन्ततः झापा हार ब्यहोर्दै घर फर्कन बाध्य भयो। 

विहीबार हुने दोस्रो सेमीफाइनल अन्तर्गत रुस्लान थ्रिस्टार क्ल्ब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीचको खेलमा विजयी हुने टिमसँग पुलिसको फाईनल भेट हुनेछ। यो सिजनमा नुवाकोट गोल्डकप र दमक गोल्डकपको उपाधि भित्र्याइसकेको पुलिस लालबन्दी गोल्डकपको समेत उपाधि नजिक पुगेको छ।

प्रकाशित: ३० जेष्ठ २०७५ १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App