७ वैशाख २०८१ शुक्रबार
खेल

फिफा विश्वकप : राम्रो नै हेरौं, हाम्रोमै हेरौं

काठमाडौं– मिडिया हब प्रालिले फिफा विश्वकप २०१८ को ४ वटा टेलिभिजनबाट प्रसारणको व्यवस्था मिलाएको छ। नेपालका लागि एक मात्र आधिकारिक टेलिभिजन प्रसारण साझेदार मिडिया हबले नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिस होम एक्सन् स्पोर्टस् र एनटिभी प्लसबाट फिफा विश्वकपका खेलहरु प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको जनाएको छ। मिडिया हबले यो सुबिधा ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नाराको साथ प्रदान गरेको छ। 

फिफा विश्व कपलाई नेपाली च्यानलहरुमा ल्याउन योगदान गर्दै आएको मिडिया हबले यो बर्षको बिशेषतामा कान्तिपुर एचडी र डिस होम एक्सन स्पोर्टस्मा एचडी क्वालिटीको प्रसारण हुने उल्लेख गरेको छ।

यो प्रसारण प्रस्तुत गरेको छ, अर्घाखाँची सिमेन्टले। साथमा रहेको छ बजाज पल्सर एनएस २००, कोका कोला र राइनो ५०० डि। साथै साझेदारी रहेको छ क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिकको। प्रसारणको समर्थन रहेको छ हिमस्टार एल.ई.डी बल्ब, एन.आई.सि. एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्को।

मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले फिफा विश्वकप हेर्न विदेशी च्यानलहरुमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको बताए। ‘अब नेपालीहरुले विश्वकप नेपाली एचडी च्यानलहरुमा नै प्रत्यक्ष हेर्न पाउने छन्। हामीले हाम्रो दर्शकहरुको लागि निकालेको ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नारा हाम्रो पहलको लागि सबैभन्दा उपयुक्त रहेको छ।’ 

प्रकाशित: ३० जेष्ठ २०७५ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App