coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पुनम पाण्डेको अर्को अश्लिल भिडियो सार्वजनिक

मुम्बई– कहिले सेभी न्युड तस्बिर त कहिले उत्तेजित भिडियो र प्रतिक्रियाबाट सँधै चर्चामा आइरहने भारतीय मोडल पुनम पाण्डे फेरि चर्चामा आएकी छन्। पाण्डेले अब भारतका मोवाइल प्रयोगकर्ताका लागि पहिलो मोबाइल एडल्ट फिल्म ‘द विकेण्ड’ लिएर आउने भएकी हुन्। उनले मोवाइल प्रयोगकर्ताका लागि मोवाइलमै यौन बेच्ने तयारी गरेकी छन् । पाण्डेले उक्त चलचित्रको ट्रेलर नयाँ दिल्लीमा सार्वजनिक गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

 २२ मिनेट अबधिको उक्त सर्ट चलचित्र विना कुनै सेन्सर मोवाइल प्रयोगकर्ताले २४ सेप्टेम्बरमा आफ्नै मोवाइलमा हेर्न सक्ने छन्।
भारतमा सामाजिक संजालमा सर्वाधिक खोजीने सेलीब्रेटिका रुपमा रहेकी पुनमले आजकल धेरै जनाले सेन्सरका बारेमा कुरा गरेपनि कसैले केही गर्न नसक्ने बताइन्। उनले भनिन्, ‘ यौनको विषयमा जब कसैले केही भन्छ तब मानिस पन्छिन खोज्छन्, उनीहरु यस्तो प्रतिक्रया दिन्छन् की केही कुरा नै भएको छैन तर सबैलाई थाहा छ यो के हो।’

उनले आफू सन्नी लियोनीको फ्यान रहेको बताउँदै लियानीको जस्तो कार्य गर्न धेरै साहस चाहिने बताइन्। उक्त चलचित्रको ट्रेलर सार्वजनिकसँगै पाण्डेले पुनम पाण्डे डट इन नामक वेभासइट पनि सार्वजनिक गरकी छन् ।

 

प्रकाशित: १९ भाद्र २०७३ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App