८ वैशाख २०८१ शनिबार
समाज

सकियो अभ्यास सूर्यकिरण

काठमाडौं- नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास 'अभ्यास सूर्यकिरण-१३' पुरा भएको छ। प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि भारतको पिथौरागढमा जेष्ठ १६ देखि २१ गतेसम्म अभ्यास भएको थियो। भारतको मिजरममा २०६७ सालबाट पहिलो पटकसुरु भएको यो संयुक्त अभ्यास हाल एक/एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गर्दछ।

नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्फबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण—१३’ को संयुक्त रुपमा समापन गरे।

अभ्यासमा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज (१ सेक्सन महिलासहित) र भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महासेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए।

यस संयुक्त अभ्यासमा नेपाली सेना र भारतीय सेना बीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने गर्छ।

प्रकाशित: ३० जेष्ठ २०७५ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App