८ वैशाख २०८१ शनिबार
खेल

२०२६ को विश्वकप अमेरिका ,क्यानडा र मेक्सिकोमा हुने

मस्को-अमेरिका , क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।

फिफाद्वारा बुधबार सार्वजनिक गरिएको अन्तिम मत परिणाममा उत्तर अमेरिकी राष्ट्रहरुले मोरक्कोलाई उछिन्दै सन् २०२६ को विश्वकप आयोजक राष्ट्र बन्न सफल भएका हुन्। कुल दुई सय राष्ट्र सहभागी मतदानमा उत्तर अमेरिकी राष्ट्रहरुले १ सय ३४ भोट प्राप्त गर्दा मोरक्कोले ६५ मत प्राप्त गर्यो। एक राष्ट्रले भने आफ्नो भोट जाहेर गरेन।

सन् २०२६ को विश्वकपमा पहिलो पल्ट ४८ राष्ट्रले सहभागीता जनाउँदै छन्। यसअघी विश्वकपमा ३२ राष्ट्रले सहभागीता जनाउदै आएका छन् । सन् २०२६ को विश्वकपमा कुल ८० खेल हुनेछन्। जसमध्ये ६० खेल अमेरिकामा हुनेछन् भने क्यानडा र मेक्सिकोमा समान १०/१० खेल हुनेछन्। खेल तिन देशका १६ सहरहरुमा हुनेछन।

सन् २०२६ को विश्वकप आयोजक राष्ट्र बन्न सफल भएपछी अमेरिकी फुटबल संघका अध्यक्ष कार्लोस कोर्डियरो भावुक बन्दै खुसी व्यक्त गरे। उनले सन् २०२६ को विश्वकप आयोजना गर्ने अवसर प्रदान गरेकोमा सम्पुर्ण समर्थक राष्ट्र तथा शुभचिन्तकहरुलाइ धन्यवाद व्यक्त गरे।

यसअघी हुने सन् २०२२ को विश्वकप भने कतारमा आयोजना हुँदैछ।

 

प्रकाशित: ३० जेष्ठ २०७५ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App