१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नयाँ शक्तिले मनायो तेस्रो स्थापना दिवस

काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालले तेस्रो स्थापना दिवस मनाएको छ। २०७३ जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट पार्टीको घोषणा भएको थियो।

यस वर्षको नयाँ शक्तिको स्थापना दिवसको कार्यक्रमसँगै पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानको पनि विशेष भेला आयोजना गरिएको छ। स्थापना दिवसको कार्यक्रम सुरु हुनुअगाडि बानेश्वरबाट र्‍याली सुरु भएको थियो। र्‍यालीमा पार्टी संयोजक डा.बाबुराम भट्टराई, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह लगायतका नेताहरु सहभागि थिए।

यस्तै राष्ट्रिय युवा अभियानमा नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको प्रचार विभाग संयोजक विश्वदीप पाण्डेले बताए।  पार्टी स्थापना दिवसबाट तेस्रो वैकल्पिक ध्रुव निर्माणको लागि सार्वजनिक आह्वान गर्ने, पार्टी छाडेर गएकाहरुलाई फर्कन आह्वान गरिने उनले बताए।  

तस्बिरहरु : दिपेन्द्र रोक्का

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App