coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थ्री स्टार सेमिफाइनलमा

सर्लाही – कास्की ११ पोखरालाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्दै रुस्लान थ्री टार क्लब मंगलबार लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा कास्कीका अजित गुरुङको प्रहार थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले रोके भने विश्व अधिकारीको प्रहार पोस्टबाट बाहिर गएको थियो । विजय धिमाल, अशोक खवास, रूपेश केसी र बुद्ध चेम्जोङ गोल गर्न सफल भएपछि थ्री स्टार सेमिफाइनलमा पुगेको हो।

खेलमा मध्यान्तरअघि कास्कीले २ गोलले अग्रता लिएको थियो । खेल सुरु भएको नवौं मिनेटमै कास्कीका सन्त गुरुङले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । त्यसको ७ मिनेटपछि उत्तम गुरुङले गोल थप्दै कास्कीलाई २–० को अवस्थामा पुर्याए । २–० ले पछि परे पनि मध्यान्तरपछि थ्री स्टारले खेलमा पुनरागमन गर्याे।

मध्यान्तरपछिको ४ मिनेटभित्रै लगातार २ गोल गरी थ्री स्टारले खेल बराबरी गर्याे । मध्यान्तरपछिको दोस्रो मिनेटमै थ्री स्टारका अजय मार्टिनले गोल गर्दै अन्तर कम गरे । त्यसको दुई मिनेटपछि थ्री स्टारका बुद्ध चेम्जोङले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि भने निर्धारित समयभित्र दुवै तर्फका प्रहार फ्रेममा नपर्दा खेलको छिनोफानो छिनोफानो टाइब्रेकरमार्फत भयो । अब थ्री स्टारको भेट बिहीबार एपिएफ क्लबसँग हुनेछ।

मंगलबार थ्री स्टारका मिक्छेन तामाङले म्यान अफ दी म्याच हुँदै नगद ५ हजार हात पारे । बुधबार पहिलो सेमिफाइनल खेल रमपम झापा र नेपाल पुलिस क्लबबीच हुने आयोजक समितिका सरोजबाबु न्यौपानेले जानकारी दिए। 

प्रकाशित: ३० जेष्ठ २०७५ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App