८ वैशाख २०८१ शनिबार
खेल

आर्मी र न्युरोड टिम विजयी

ललित स्मृति यु–१८ फुटबलअन्तर्गत मंगलबार आर्मीको हेड बललाई रोक्ने प्रयास गर्दै सरस्वतीका गोलरक्षक विष्णु केसी। तस्बिर सौजन्य: एन्फा

काठमाडौं – साबिकको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब र नवप्रवेशी टोली न्युरोड टिमले मंगलबार ललित स्मृति यु–१८ फुटबलमा विजयी सुरुआत गरेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई ४–० तथा अर्को खेलमा न्युरोडले मछिन्द्र फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेका हुन्।

निकै रोमाञ्चक पहिलो हाफमा आर्मीका लागि सेसेहाङ आङदेम्बेले अत्तिरिक्त समयमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लय गुमाएको सरस्वती थप ३ गोलले पछि पर्याे । फराकिलो जित निकाल्न आर्मीका लागि दिनेश हेमजनले खेलको ६८औं मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता २–० मा पुर्याएका थिए । सरस्वतीमाथि हाबी भएको आर्मीका लागि विवेक चौधरीले ७५औं मिनेटमा अर्को गोल गर्दै अग्रता थप मजबुत बनाए । खेलमा फर्किन प्रयासरत सरस्वती अगाडि बढेको मौकाको फाइदा उठाउँदै आर्मीका दिनेश हेमजनले व्यक्तिगत दोस्रो गोल थप्दै फराकिलो जित दर्ता गराएका हुन्।

जितपछि आर्मीका प्रशिक्षक चक्र तामाङले पहिलो खेलमा नै सुखद नतिजा आएको बताए । तामाङले भने, ‘साबिकको विजेता हामी यो संस्करणमा पनि उपाधि जित्छौं भन्नेमा आशावादी छौं, त्यसैले हामीले उत्कृष्ट खेल्दै यसपालि पनि नतिजा पोल्टामा पार्नुको विकल्प छैन।’

उता पराजित टोलीका प्रशिक्षक बालगोपाल साहुखलले आर्मी बलियो प्रतिद्वन्द्वी भएकाले पराजित हुनुपरेको प्रतिक्रिया दिए । साहुखलले भने, ‘पहिलो हाफ योजनाअनुरूप नै खेल्न सक्यौं । दोस्रो हाफमा हामीले वैकल्पिक खेलाडीलाई मैदान उतार्दा गलत भयो । पहिलो खेल भएकाले हामीलाई यो खेल परीक्षाजस्तै बन्यो।’

मंगलबारै सम्पन्न अर्को खेलमा मछिन्द्रका शरद राईको १४औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा पहिलो खेलमा न्युरोडसँग पराजित भएको हो । निकै रोमाञ्चक खेलको ३०औं मिनेटमा न्युरोडका सहिल केसी गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि नै न्युरोडका विनसल क्षेत्रीले टोलीका लागि दोस्रो गोल गर्दै अग्रता उल्टाए।

पहिलो हाफमा नै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा सामान्य प्रदर्शन गर्याे । २–१ को नतिजासहित नयाँँ रणनीति लिएर दोस्रो हाफमा मैदानमा उत्रिएको न्युरोडका लागि दोस्रो हाफको अतिरिक्त समयमा निर्मल घिसिङले गोल गर्दै नतिजा पोल्टामा पारे । खेलमा न्युरोडका असीम गुरुङ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा बुधबार थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी तथा फ्रेन्ड्स र सुदूरपश्चिमबीच खेल हुनेछन्।

प्रकाशित: ३० जेष्ठ २०७५ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App