coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयी अस्पताल भर्ना

नयाँ दिल्ली– भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ।

९३ वर्षीय पूर्वप्रधानमन्त्री बाजपेयी बिरामी भएर अस्पताल भर्ना भएको खबर बाहिरिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आईका अध्यक्ष राहुल गान्धीलगायतका भारतीय नेताहरु सोमबार नै अस्पतालमा पुगी उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

अकस्मात बिरामी भई उपचारार्थ अस्पताल भर्ना भएका बाजपेयीको स्वास्थ्य अवस्थाबारे बुझ्न अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस पुगेको एएनआईले जनाएको छ । प्रधानमन्त्री मोदी र विपक्षी नेता गान्धी दुवैजनाले पूर्वप्रधानमन्त्री बाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । ड्रविडा मसन्नेत्र काजागाम (डिएमके)का अध्यक्ष एमके स्टालिन तथा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइडुले पनि पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मंगलबार शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेको एएनआईले जनाएको छ।

स्टालिनले बाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्विट गरेका छन् । ‘पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयी बिरामी भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल भर्ना भएको खबरले मलाई चिन्तित तुल्याएको छ । उहाँको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभका लागि कामना गर्दछु । मलाई विश्वास छ उहाँ छिट्टै स्वस्थ अवस्थामा घर फर्किनु हुनेछ,’ स्टालिनले गरेको ट्विटमा लेखिएको छ ।

मुख्यमन्त्री नाइडुले पनि मंगलबार नै बाजपेयीलाई भेटी शीघ्र स्वास्थ्य लाभका लाथि भगवानसँग प्रार्थना गरेका छन् । ‘म पूर्वप्रधानमन्त्री बाजपेयीजीको स्वास्थ्यमा शीघ्र लाभ होस भनी भगवानसँग प्रार्थना गर्दछु,’ बाजपेयीलाई अस्पतालमा भेट गरेपछि मुख्यमन्त्री नाइडुले बताए।

अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक आरती विजले मंगलबार एक विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य स्थिर रहेको तर उपचारको नतिजा सकारात्मक देखिरहेको बताएकी छन् । प्राध्यापक विजद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था स्थिर छ । सबै मुख्य मापदण्डहरु स्थिर छन् । उहाँ संक्रमण निको नहुँदासम्म अस्पतालमा नै रहनुहुनेछ ।’बाजपेयी भारतीय जनता पार्टीकोतर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App