coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

७५ प्रतिशत जार र बोटलको पानी दूषित

जार र बोटलमा पानी भरेर बेच्ने माता सरस्वती खानेपानी उद्योग ।तस्बिर :नागरिक।

काठमाडौं - उपत्यकामा बिक्री हुने जारको पानी र मिनरलवाटरमा ७५ प्रतिशत दुषित भेटिएको छ । अधिकाश पानी उद्योगहरुले सामान्य मापदण्ड पुरा नगरी भरेको जारको पानी र मिनरलवाटरदुषित भेटिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुएएल) पानी तथा ढल गुणस्तर निर्धारण महाशाखाका प्रमुख ज्ञानेन्द्र काकीले उपत्यकाको जारअनुगमन र ल्याब टेष्टमा उपत्यकाको जारको पानीमा ७५ प्रतिशत दुषित रहेको बताए ।

बाहिरबाट हेर्दा जारको पानी सफा देखिन्छ । तर, जारलाई सफा गरेको पाइदैन । धेरै व्यवसायीले ट्यांकरको पानी भर्ने ठाउँको नजिकै जारमा समेत पानी भर्ने गरेको पाइयो । उद्योगभित्र उस्तै फोहोर छ,’ महाशाखाका प्रमुख कार्कीले भने,‘केही उद्योगले पुरानो मिनरल वाटरको बोतल जम्मा गरेर पानी भरेको भेटियो । यसकारण काठमाडौंमा हरेक कम्पनीको जार र मिनरल वाटरमा शंका छ।’

जार र मिनरल वाटरको बोतल बजारसम्म आउने प्रक्रिया मापदण्ड विपरित छ । पानी प्रशोधन र अधिकांश उद्योगले मापदण्ड पुरा नगरेको कार्कीको भनाई छ ।‘खोला तथा ढल नजिकै पानी उद्योग छ । यस्ले सडेगलेको वस्तु पानीमा मिसिएको ल्याब टेष्टबाट पुष्टि भयो,’ उनले भने, ‘सङ्लो पानीलाई जिवाणुमुक्त बनाउन क्लोरिन, वाटरगार्ड, पियूष प्रयोग गर्ने हो तर, कति मात्रामा प्रयोग गर्ने भन्ने ज्ञान छैन ।’

उनका अनुसार ट्यांकरको पानीमा झन् बेथिति छ । केयुकेएलले पानी ढुवानी गर्ने कम्पनीको ट्यांकरमा तीन प्रकारको स्टिकर टाँसेको छ । पिउन मिल्ने पानी बोक्नेमा हरियो, घरायसी प्रयोजनको बोक्नेमा निलो र निर्माण तथा सरसफाइ प्रयोजनको पानी बोक्नेमा पहेंलो स्टिकर लगाउनुपर्ने व्यवस्था छपछिल्लो समय केयुकेएलले टाँसेको स्टिकर उप्किँदा व्यवसायीले आफूखुसी पानी ढुवानी गर्ने गरेका छन् ।
६ वटा पानी उद्योगमा सिल

सरकारले गुणस्तरहीन पानी बेच्ने ६ वटा उद्योगमा सिल गरेको छ । ती उद्योगले आधारभूत मापदण्ड पनि पूरा नगरेको भेटिएपछि सिल लगाइएको हो।

मापदण्ड पूरा नगरेका ६ वटा पानी उद्योगमा सिल

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं महानगरपालिकाका र प्रहरी सहभागी अनुगमन टोलीले सगरमाथा फुड एन्ड बिभरेज प्रालि–मातातीर्थ, गोदावरी मिनरल वाटर प्रोडक्ट, कोर स्प्रिङ वाटर प्रालि–गोदावरी, अक्वा गोदावरी बिभरेज प्रालि, रियल स्प्रिङ मिनरल वाटर बिभरेज प्रालि र कागेश्वरी मनोहराको थलीस्थित माता सरस्वती खानेपानी प्रालिमा सिल गरेको हो ।सगरमाथा फुड एन्ड बिभरेज उद्योगले म्यानुयल बोटल फिलिङ नगरेको, जारको फिलिङ सेक्सन साँघुरो र छुट्टै नभएको, पाइप लाइन लिकेज र कार्बन फिल्टर नभएको भेटिएपछि सिल गरेको हो।

यस्तै, गोदावरी मिनरल वाटरले उद्योगभन्दा बाहिरको पानी भरेर बिक्री गर्ने गरेको भेटिएपछि सिलबन्दी गरिएको हो । कोर स्प्रिङ वाटरले खाद्य अनुज्ञापत्र नलिई उद्योग सञ्चान गरेपछि बन्द गरेको विभागले जनाएको छ । अक्वा गोदावरी बिभरेज प्रालिमा शौचालय र पानी लेबल गर्ने ठाउँ सँगै भएको अन्य उद्योगको जारमा पानी भरेको भेटिएको थियो । साथै, खाद्य अनुज्ञापत्र नलिई कम्पनी सञ्चालन गरेकाले उक्त उद्योग बन्द गरिएको हो ।यस्तै, माता सरस्वती खानेपानी उद्योगले अनुज्ञापत्र नवीकरण नगरेको पाइएको छ ।

फोहोरमैला व्यवस्थापन नगरेको, अन्य उद्योगको सुरक्षण सिल लगाएको तर लेबलमा एएसके ब्रान्डको लेबल लगाएको जार उद्योगभित्र भेटिएको विभागका प्रवक्त पूर्णचन्द्र वस्तीले बताए । यस्तै, क्वालिटी खानेपानी प्रालि जारेपाटीको प्रशोधन कक्षमा फिल्टरमा लिकेज भेटिएको थियो । एमबी बिभरेज उद्योग कागेश्वरप् मनोहरा र ए एन्ड बी बिभेरेज प्रालिको एक लिटरको बोटल नमूना परीक्षणका लागि विभाग ल्याएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्ण बजारमा अहिले मापदण्ड पूरा नगरेको जारको पानी बिक्री नियन्त्रण र उद्योगलाई सुधारका लागि अनुगमन थालेको बताउँछन् ।

यसलाई नियन्त्रण गर्न सुरक्षण सिल, आधुनिक प्रविधिको प्रयोग, पुरानो मेसिनको व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् । विभागले दुई सय ६२ वटा खानेपानी उद्योगलाई (जार र बोटल) अनुज्ञापत्र दिएको छ । तर, आर्थिक वर्ष ०७४÷७५ मा नवीकरणका लागि एक सय १७ कम्पनीले निवेदन दिएको विभागका प्रवक्ता वस्तीको भनाइ छ । यसमा मंगलबारसम्म ५६ वटा उद्योग मात्र नवीकरण भएका छन् । सात नयाँ उद्योग यस वर्ष थपिएको विभागले जनाएको छ।


 

प्रकाशित: ३० जेष्ठ २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App