८ वैशाख २०८१ शनिबार
अर्थ

मौद्रिक नीतिको पखाइमा लगानीकर्ता

काठमाडौं– सेयर बजारका लगानीकर्ता नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि असारको पहिलो साता ल्याउन लागेको मौद्रिक नीतिको पर्खाइमा छन् ।

मौद्रिक नीतिले सेयर बजारलाई कसरी सम्बोधन गर्छ, त्यसैका आधारमा सेयरको मूल्य घट्ने–बढ्ने हुँदा त्यसको प्रतीक्षामा उनीहरु बसेका हुन् ।नेप्से सूचक मंगलबार स्थिर जस्तै देखिएको छ । यस दिन सामान्य १.९३ बिन्दुले घटेर १२३९.२६ अंकमा बजार बन्द भएको छ ।

मंगलबार एक सय ६० कम्पनीको ३० करोड २८ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । नौ लाख ५७ हजार एक सय २७ कित्ता सेयर कारोबार भयो । नेप्सेमा नो वटा समूहको सेयर कारोबार भएकोमा पाँचवटा समूह ओरालो लागेको छ । तीनवटा समूहको भने उकालो लागेको छ । अन्य समूहको सूचकमा कुनै परिवर्तन आएको छैन । सबैभन्दा धेरै होटल समूह १४.५९ अंकले घटेको छ ।

कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको दुई करोड ३६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः बेस्ट फाइनान्सको संस्थापक सेयर र मेगा बैंक परेका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App