coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

शिवम् सिमेन्टको विश्वकप उपहार

काठमाडौं– शिवम् सिमेन्टले आगामी ‘फिफा विश्वकप २०१८’ को अवसरमा आफ्ना फेसबुक फलोअरलाई वल्र्डकप विजेताको भविष्यवाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर दिने भएको छ । हरेक खेलमा हुन सक्ने सम्भावित विजेता घोषणा गर्नुपर्ने र उक्त भविष्यवाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ।

खेलमा सहभागी हुन शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेज लाइक गरी त्यहाँ रहेको प्रिडिक्ट एन्ड विन पोस्टको लिंकमा गई हरेक दिन हुने म्याचको सम्भावित विजेता र गोल स्कोर भविष्यवाणी गर्नुपर्नेछ । साथै, हरेक दिन हरेक खेलमा आएका उत्तरमध्ये सही निकटतम उत्तर र एकभन्दा बढी सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । हरेक दिनको विजेताले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा गएर  पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
 

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App