नेविसंघको प्रदर्शनमा प्रहरीको हवाई फायर

मङ्गलबार, २९ जेठ २०७५, २१ : ३७ नागरिक संवाददाता

पोखरा– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघ कास्कीले गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले एक राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ। विद्यार्थीको आन्दोलनमा पछिल्लोपटक प्रहरीले स्थिती नियन्त्रणको लागि पहिलोपटक हवाईफायर गरेको हो।

नेविसंघ केन्द्रिय परिपत्र अनुसार नै नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल, गोपाल गुरुङ, कास्की अध्यक्ष विकास थापा, क्याम्पसका ईकाई सभापति दीपक शर्मा वाग्ले, स्ववियु सभापतिका उम्मेदवार रेशम हमालको नेतृत्वमा मंगलबार साँझ पृथ्वीनारायण क्याम्पस परिसरमा मसाल जुलुश प्रदर्शनी हुँदै थियो। 

तर, गेटबाट निस्केर सडकमा पुग्दाबित्तिकै प्रहरीले विद्यार्थीको हातबाट मसाल खोस्न थाल्यो, त्यसपछि प्रतिकारमा उत्रिएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गर्नुप¥यो। 

प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित विद्यार्थीको भिडले प्रहरीमाथि लगातार ढुंगा, जुलुस र बियर बोत्तलहरु प्रहार गरे। उनीहरुको प्रहारबाट दुई जना प्रहरी जवान अजय नेपाली र रमिशरण बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक जगदीश शर्माले बताए। यस्तै दुर्घटना हुन सक्ने सम्भावनाका कारण प्रहरीले ट्रान्सफर्मर केही समय बन्द गर्न आग्रह समेत गरेको थियो । 

उता विद्यार्थीहरुले भने केन्द्रिय परिपत्र अनुसार जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दबाबस्वरुप प्रदर्शनी गरिएको जनाएका छन्। मूल्यवृद्धि फिर्ता नगरे सम्म प्रदर्शन जारी रहने नेविसंघ नेता रेशम हमालले जानकारी दिए। विरोधस्वरुप ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गर्ने कार्यक्रम रहेको उनले जनाए।











यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad