बालश्रम विरुद्धको विश्व दिवस

देशलाई ७ वर्षभित्र बालश्रममुक्त बनाउने सरकारको लक्ष्य

मङ्गलबार, २९ जेठ २०७५, २० : २६ सुजन श्रेष्ठ

काठमाडाैं- सर्लाहीका रोशन दास १७ वर्षका भए। रोशन दिनभरी काठमाडौको बसन्तपुर क्षेत्रमा बेलुन बेच्दै गरेका भेट्टिन्छन्। उनले आफ्नो पुर्ख्याैली पेशा सिन्दुर बेच्ने परम्परालाइ छोड्दै यो पेशा अपनाएको करीब साढे एक वर्ष भयो। कक्षा ७ मा अध्ययन गरिरहेका रोशन केहि समयमै बेलुन बेच्ने काम छोडी आफ्नो गृहजिल्ला फर्कने योजनामा छन्। उनी त्यहाँ रहेको आफ्नो एक नातेदारको अटोमोबाइल वर्कसपमा काम गर्ने सोचमा छन्। सर्लाहीको दोहबीचौर घर भएका उनी एक महिनामा १० देखि १५ हजार कमाउने बताउँछन्। भविष्यमा नेपाल आर्मी वा नेपाल प्रहरी बन्ने उनको सपना छ। 

लालदास कटबनीया उमेरले १३ वर्षका भए। रोशनजस्तै दिनभरी बेलुन बेच्दै बस्ने लालदास समेत सर्लाहीकै हुन्। लालदासको पीडा भने रोशन भन्दा अलि भिन्न र दुःख लाग्दो छ। सानैमा आफ्नो बाबु गुमाएका उनी पारिवारिक बोझमा परे। बाबुको माया सानैमा गुमाएका रोशनले आमाको दुःख समेत हेर्दै बस्नु परेको छ। उनकी आमा मानसिक समस्यासँग जुधिरहेकी छिन्। दिनभरीको कामले मुस्किलले महिनामा १० देखि १५ हजार कमाउने लालदास समेत यो पेसा छोडेर गृहजिल्ला स्थित आफ्नै पुरानो ठाँउमा फर्कने सोचमा छन्। दास त्यहाँ गएर तरकारी खेती गर्ने र तरकारीकै पसल राख्ने सोचमा छन्। 

बालश्रम विरुद्धको विश्व दिवसका अवसरमा मंगलबार स्वास्थ्य र सुरक्षा सम्बन्धि एक संयुक्त अभियानको समेत सुरुवात गरिएको छ। जसले काममा लगाइएका युवाहरुको स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान दिदै बालश्रम अन्त्यको क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ। 

यो अभियानले  दिर्घकालिन विकास लक्ष्य (एसडिजी) मा उल्लेखित सन् २०३० सम्म  सम्पूर्ण कामदारहरुलाई सुरक्षित कामको वातावरण उपलब्ध गराउने ८ दशमलव ८ को लक्ष्यलाई पुरा गर्ने र सन् २०२५ सम्ममा बालश्रम अन्त्यलाई ८ दशमलव ७ सम्म पुर्याउने लक्ष्यलाई समेत सहयोग पुर्याउने विश्वास लिइएको छ। 

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मंगलबार बालश्रम विरुद्धको दिवसका अवसरमा बोल्दै नेपाललाई आगामी सात वर्षभित्र बालश्रममुक्त बनाइने बताए। ‘नेपालले सन् २०२५ भित्र बालश्रम अन्त्य गर्ने गरी राष्ट्रिय योजना ल्याउँदै छ’, मन्त्री विष्टले भने, ‘केही दिनमै यो योजना प्रमाणिकरण भइ आउनेछ।’

सरकारले बालबालिकालाई शिक्षा र स्वच्छ वातावरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै मन्त्री विष्टले बालश्रम अन्त्य र बालअधिकारको सुनिश्चितता गर्न सम्पूर्ण सरोकारवाला पक्ष र समुदायलाई एक भएर लाग्न आग्रह गरे। 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad