एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

मङ्गलबार, २९ जेठ २०७५, १६ : ५९ नागरिक

काठमाडौँ- विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ।

ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ।

सो उद्योगले एक कित्ता बराबर तीन कित्ता शेयर दिने गरी प्रस्ताव गरेको हो। सो उद्योगको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

यस्तै एनसिसि बैंकले दुई बराबर एक कित्ता शेयर दिने गरी प्रस्ताव गरेको छ। बैंकले रु दुई अर्ब ३३ करोड ९५ लाखको दुई करोड ३३ लाख ९५ हजार कित्ता शकप्रद शेयर बिक्री गर्न लागेको छ।

बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद शेयर बिक्रीको तयारी गरेको छ।

एक बराबर एक कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । त्यसको कूल मूल्य रु ११ करोड ५० लाख रहेको छ । एनआइसि एसिया क्यापिटल लिमटिडको सो संस्थाको हकप्रद शेयरको बिक्री प्रबन्ध गर्ने छ।

यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद शेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ। रु तीन करोड बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागिएको छ । सनराइज क्यापिटलले सो संस्थाको हकप्रद शेयर बिक्रीको प्रबन्ध गर्नेछ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले रु छ करोड बराबरको ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ।

त्यसैगरी रु २५ करोड बराबरको २५ लाख कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद शेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल मार्केट रहेको छ।

बीमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । रु ४३ करोड २० लाख बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद शेयरको बिक्री प्रबन्ध गर्नेछ।

प्रोग्रेशिसभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । रु ५९ करोड एक लाख बराबरको ५९ लाख कित्ता शेयर बिक्रीको तयारी गरिएको छ । सनराइन क्यापिटल सो कम्पनीको शेयर बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै बोर्डमा आवेदन दिएकामा अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि रहेको छ। अपि पावरले एक बराबर दुई कित्ता शेयर दिने तयारी गरेको छ । रु दुई अर्ब १० करोड बराबरको २१ करोड कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद शेयर दिने गरी तयारी गरेको छ । रु ७२ करोड ९० लाख बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी छ। अपि पावरको सिद्धार्थ क्यापिटल बिक्री प्रबन्ध गर्नेछ भने एभरेष्टको पनि सोही कम्पनी नै बिक्री प्रबन्धक रहेको छ। रासस
 

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad