coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वयस्क तथा पाको छालाको हेरचाह

हाम्रो जीवनयात्राको क्रममा छालाको स्वरूप बदलिँदै जान्छ । बाल्यकालमा छाला नरम, मुलायम हुन्छ, समय उक्लँदै जाँदा यो कडा, सुख्खा हुने हुन्छ । बालककालको छाला, नरम, मुलायम हुन्छ र रिस्यालिएन्ट (प्राकृतिक रूपमै ठिक हुने) हुन्छ । बाल्यकालको जस्तो छाला किशोर अवस्थामा नहुने हुँदा यो समय र उमेरअनुसार परिवर्तन हुन्छ ।

ब्लेमिस समस्या हुन्छ किशोर अवस्थामा । त्यसपछि २० र ३० वर्षको उमेरमा छाला परिपक्क हुन्छ । ३० वर्षपछि छाला सुख्खा हुने, चाउरी पर्न थाल्ने संकेतहरू देखिन थाल्छन्, छालाको स्वरूपमा उल्लेखनीय परिवर्तन हुन्छन् । उमेर चालिसेमा लागेपछि खासमा छालामा बुढ्यौलीपन सुरु हुन्छ । 

जसरी छालामा पाकोपन सुरु हुन्छ त्यसबेला छाला सुख्खा हुन्छ । समयको क्रममा अक्सिजन, अन्य पौष्टिक तŒव र तेल प्रवाह कम हुन्छ । त्यसैले छाला सुख्खा हुने भएकोले खस्रो र कडा हुन्छ । खास गरेर छालाको प्रकृति र स्वरूप तीनवटा कुरामा निर्भर रहन्छ— उमेर, वंशानुगत गुण, मानिसको जीवनयापन । 

पाको छालाका लागि रुटिङ 

दैनिक 

बिहानै मनतातो पानीले मुख धुने । बिहानै क्लिजिङ नगर्ने । पाको छालालाई दैनिक एकपटक मात्र क्लिजिङ गर्नुपर्छ । 
साँझमा अल्फा हाडड्रोस्याइल एसिड भएको क्रिमहरू प्रयोग गर्ने । यो तरलरूपमा हुन्छ र यसमा कोलेजेन सिरम, भिटामिन सी लगायतका तत्व हुन्छन् । सेरियम पाको अर्थात् एजिङ छालाका लागि लाभकारी हुन्छ । 
आँखा क्रिम र लिप वाम लगाएर बिस्तारै मसाज गर्ने । 

साप्ताहिक 

हरियो मेवाका इन्जाइम माक्स लगाउने । यसले चाउरी पर्नलाई नियन्त्रण गर्छ । छालालाई पौष्टिकता प्रदान गर्छ, छालामा हाइड्रेट गर्छ । 

मासिक

छालाको प्रकृतिअनुसार महिनाको एकपटक पूरै फेसियल गर्ने । महिनाको एक वा दुईपटक स्टिम लिने । स्टिम दुईदेखि पाँच मिनेटसम्म मात्र लिन सकिन्छ । स्टिम लिँदा समय अन्तर राख्ने । 

गर्देन गर्ने 

धेरै छालालाई म्यानिपुलेसन (छाला तान्ने) नगर्ने । यसले छालामा दरख¥याउँछ । फेसियल गर्दा मसाज धेरै नगर्ने बढीमा १५ मिनेट मात्र गर्ने । मेकअप गर्दा छाला तन्काउने जस्ता काम नगर्ने । 

धेरै क्लिजिङ नगर्ने । धेरै पटक क्लिजिङ गर्दा आवश्यक भन्दा धेरै पटक मुख पखालिन्छ । निश्चित खालका छालाका लागि धेरैपटक क्लिजिङ गर्दा लाभकारी हुँदैन । यसले छालाको नियमित प्रक्रियामा असर पु¥याउने हुन्छ । पाको छालाका लागि मिल्की वा क्रिमी फेसियल उपयोगी हुन्छ । 

वजन घटाउने अभियानमा हुनुहुन्छ भने सचेत हुने । एकै पटक धेरै वजन नघटाउने । डाइटिङ गर्दा छालालाई प्रभावित गर्छ । कारण डाइटिङ गर्दा बोसो र तेलजन्य खानेकुरामा नियन्त्रण गरिन्छ । डाइटिङ गर्दै हुनुहुन्छ भने बिस्तारै–बिस्तारै वजन घटाउने प्रयास गर्नुपर्छ । 

प्रकाशित: २९ जेष्ठ २०७५ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App