७ वैशाख २०८१ शुक्रबार
समाज

सर्लाहीको लखनदेहीमा बगेर बालिका वेपत्ता

सर्लाही–चौपाय लिएर आउदै गरेकी बालिका सर्लाहीको लखनदेही खोलामा आएको बाढीमा बगेर बेपता भएका छन् । चौपाय चराएर फर्किदै गरेकी हरिपुर–९ का विसुन दयाल महराकी १३ वर्षीया छोरी सुलेखा महरा बाढीमा बगेर वेपता भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ। सुलेखासँगै बाढीमा बगेकी हरिपुर–८ की रेनुका महरा सकुशल फेला परेकी छिन ।

रेनुकालाई जानकी नगरका स्थानीयले बाढीमा गदै गरेको देखेर उद्धार गरेका थिए । बाढीमा बगेर वेपता भएकी बालिकाको स्थानीय र प्रहरीले खोजिगरिरहेको छ । बालिकाले चराउन लगेका चौपाय राति फर्केर आए तर छोरी नआएपछि घर परिवारले खोजी थालेका थिए ।

 

प्रकाशित: १९ भाद्र २०७३ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App