coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्पेनी गोलरक्षकले किन प्रधानमन्त्रीलाई माफि माग्न भने ?

म्याड्रिड- स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गरेका छन्।

यसै महिना अनुदारवादी नेता मारिआनो रखोएले प्रधानमन्त्रीका लागि स्पेनी संसदमा विश्वासको मत गुमाएपछि स्पेनी नेतृत्वमा आउन सफल समाजवादी नेता साञ्चेजले दुई वर्ष पहिले म्यानचेष्टर यूनाइटेडका खेलाडीमाथि भएको यौन आक्रमणमा मुछेर डे गेहको आलोचना गरेका थिए।

त्यतिवेला साञ्चेजले डे गेह स्पेनी राष्ट्रिय टोलीको गोलरक्षक हुँदा आफूलाई सहज महशुस नभएको बताएका थिए।

तर गत हप्ता स्पेनी टोलीको विश्वकप खेलका लागि रसिया प्रस्थानका समय विदाईका लागि साञ्चेज आउँदा अन्य सदस्यले प्रधानमन्त्रीको आगमनको प्रशंसा गरेपनि डे गेहले वेवास्ता गर्दै खल्तीमा हात राखेर उभिएको दृष्य सञ्चारमाध्यमा भाइरल बनेको थियो।
“म उहाँको क्षमायाचनालाई नम्रतापूर्वक स्वीकार गर्नेछु,” स्पेनी सञ्चारमाध्यमले गोलरक्षक डे गेहलाई उद्धृत गर्दै जनाएका छन्।
“कुरा के हो भने उहाँले मेरो आलोचना सार्वजनिक रूपमा गर्नुभएको थियो र म चाहन्छु क्षमायाचना पनि त्यसरी नै गर्नुपर्छ।”

एक जना महिलाले महिलाहरू फुटबल खेलाडीसँग यौनकार्य गर्न मजबुर पारिएको स्थानमा डे गेहले एक भोजको आयोजना गरेको आरोप साञ्चेजले लगाएको बताइएको छ। तर डे गेले उक्त आरोपको खण्डन गरिरहेका छन् भने यसबारे छानबिन हुँदा उहाँ निर्दोष ठहरिएका थिए। रासस/एएफपी

 

प्रकाशित: २९ जेष्ठ २०७५ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App