प्रेमकथामा शिवको ‘विस्मिता’

मङ्गलबार, २९ जेठ २०७५, १० : ५८ नागरिक

36


काठमाडौं – प्रेमकथामा आधारित शिव बस्यालको उपन्यास ‘विस्मिता’ सार्वजनिक भएको छ। सर्वनाम थिएटर काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा आख्यानकार राजन मुकारुङ, लेखक बन्दना ढकाल र कवि हरिमाया भेटवालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे।

कार्यक्रममा मुकारुङले वर्तमान समाजको मानवीय संवेदनालाई उपन्यासले समेटेको बताए। ‘अहिले हामीलाई डिजिटल दुनियाँले दिमाग ड्यामेज गर्दै लगिरहेको छ। हाम्रो संवेदनालाई कमजोर बनाएको छ,’ उनले भने, ‘यस मनोविज्ञानलाई लेखकले उपन्यासमा प्रस्तुत गरेका छन्।’

प्रविधिको प्रभावले समाज, राजनीति, परिवारबाट अलग्गिँदै गएको पात्रको मनोविज्ञानलाई खुलस्त रुपमा लेखकले राखेका छन्। ‘अहिलेको पुस्तामा यो प्रविधिको मनोरोग बढ्दै गएको छ। लेखकले त्यो रोगलाई सचेचतापूर्वक देखाएका छन्,’ उनले भने, ‘लेखकको भाषा र प्रस्तुति निकै राम्रो छ। यत्ति राम्रो लेख्नेले अबको पुस्तक झनै राम्रो बनाउन सक्छ।’

अर्की वक्ता भेटवालले प्रेमको अन्योलमा अल्झिएको  अहिलेको पुस्ताको मनोविज्ञानलाई उपन्यासले उजागर गरेको बताइन्। ‘साइबर प्रेमको प्रयोग भए पनि प्रेमलाई हल्का रुपमा लिएका छन् पात्रले,’ उनले भनिन्, ‘नयाँ पुस्तामा यही देखिन्छ, जुन लेखकले देखाउन खोजेका छन्।’ लेखक बन्दना ढकालले युवा पुस्ताले पढ्ने खालको उपन्यास आएको बताइन्।   

लेखक बस्याल प्रवासमा रहेर साहित्य क्षेत्रमा क्रियाशील छन्। उनको यो पहिलो साहित्यिक पुस्तक हो।  उपन्यासलाई इन्डिगो इन्कले बजारमा ल्याएको हो।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...

फेसन नाइटका लागि १४ मोडल

फेसन नाइटका लागि १४ मोडल

आउँदो भदौ २३ मा आयोजना हुन लागेको ‘इबिजा फेसन नाइट’का लागि १४ मोडल छनोट भएका छन्। ...

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

कवि गोविन्द नेपालले आफ्नो तेस्रो कविता संग्रह तर्कको साम्राज्य पाठकमाझ ल्याएका छन्। ...