८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किमले भने- 'सबैखाले वाधा हटाउँदै सिंगापुर आइपुगेको छु’

सिंगापुर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ । सिंगापुरको  क्यापेला होटलमा भएको भेटघाटमा यी दुई नेताले गम्भीर छलफल गरेका थिए । 

बीबीसीका अनुसार उत्तर कोरियाली नेता किमले यहाँ आइपुग्न सजिलो नभएको बताएका थिए । ‘हाम्रो इतिहास र पूर्वाग्रहले यो दिशातर्फ बढ्न बन्देज लगाएको थियो । ती सबैखाले बन्देज तोडेर म यहाँ आइपुगेको छु,’ किमले भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियाली नेता किमलाई भेटेर राम्रो महसुस गरेको बताए । ‘हामी शानदार छलफल गर्दैछौं, मलाई लाग्दैछ, हाम्रो यो भेट सफलताको शिखर चुम्नेछ । हाम्रो सम्बन्ध सुमधुर बन्नेमा मलाई कुनै शंका छैन,’ ट्रम्पले भनेका छन् । 

भेटघाटका क्रमम एक पत्रकारले किमलाई आफ्नो परमाणु हतियार नस्ट गर्नुहुन्छ कि गर्नुहुन्न भनी प्रश्न गरेका थिए । किमले त्यसको कुनै जवाफ नदिएपछि ट्रम्पले भने सबै कुरा राम्रोसँग गइरहेको जवाफ फर्काएका थिए । 
छलफलमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन सहभागी थिए । त्यस्तै उत्तर कोरियाबाट किमलाई नजिकबाट बुझ्ने किम योङ थोल र विदेमाशमन्त्री री योङ र पूर्वविदेश मन्त्री री सु योङ सहभागी थिए । 

प्रकाशित: २९ जेष्ठ २०७५ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App