८ वैशाख २०८१ शनिबार
अर्थ

सेयर बजार नौ बिन्दुले उक्लियो

काठमाडौं – सेयर बजार मापक नेप्से सूचक सोमबार ९.५५ विन्दुले बढेको छ । निरन्तर आरोलो लाग्दै आएको नेप्सेमा सोमबार सुधार देखिएको हो । उक्त दिन नेप्से १२४१.१९ बिन्दुमा पुगेको छ।

सोमबार कुल एक सय ७० कम्पनीको ४४ करोड तीन लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । ११ लाख ८७ हजार एक सय ५२ कित्ता सेयर कारोबार भएका छन् । नेप्सेमा १० वटा समूहका सेयर कारोबार भएकामा सातवटा समूह उकालो लागेका छन् । तीनवटा भने ओरालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूह १०२.८ बिन्दुले उकलो लागेको छ ।

कारोबार रकममा नबिल बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । नबिल संस्थापकको तीन करोड ८५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिभिल बैंक र नेपाल बैंक परेका छन् ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App