इङल्यान्डमाथि स्कटल्यान्डको जित

मङ्गलबार, २९ जेठ २०७५, ०८ : १८ एजेन्सी

लन्डन – क्यलुम म्याकलियोडको शतकप्रेरित स्कटल्यान्डले आइतबार एकमात्र एक दिवसीय खेलमा इङल्यान्डमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ।

३ सय ७२ रनको लक्ष्य पछ्याएको इङल्यान्ड ४८.५ ओभरमा ३ सय ६५ रनमा अलआउट भयो। इङल्यान्डका ओपनर जेसन रोए र जोनी बेयरस्टोले १ सय २९ रनको साझेदारी गर्दै गतिलो सुरुआत दिलाएका थिए। २७ ओभरसम्म २२०–३ को बलियो स्थितीमा रहेको इङल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदा जितबाट टाढिएको थियो।

इङल्यान्डका बेयरस्टोले १ सय ५ रनको योगदान गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। ५९ बल खेलेका बेयरस्टोले १२ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै एलेक्स हल्सले ५२, लियाम प्लङकेटले अविजित ४२ र मोइन अलीले ४६ रनको योगदान गरे।

५६ बल खेलेका हल्सले ३ चौका र ३ छक्का प्रहार गर्दा ३३ बल सामना गरेका अलीले पनि समान ३ चौका र ३ छक्का प्रहार गरे। ४५ बल खेलेका प्लङकेटले ३ चौका र २ छक्का प्रहार गरे।

स्कटल्यान्डका मार्क म्याटले १० ओभरमा ५६ रन खर्चदै ३ तथा एलार्डयार इभान्स र रिचार्ड बर्हिङटनले समान २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले म्याकलियोडको अविजित १ सय ४० रन मद्दतमा ५ विकेट गुमाउँदै ३ सय ७१ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। ९४ बल खेलेका म्याकलियोडले १६ चौका र ३ छक्का प्रहार गरे।

ओपनर म्याथ्यु क्रस र काइले कोइट्जरले पहिलो विकेटका लागि १ सय ३ रनको साझेदारी गर्दै स्टकल्यान्डलाई गतिलो सुरुआत दिलाएका थिए। ४९ बल खेलेका कोइट्जरले ८ चौका र २ छक्का मद्दतमा ५८ रन प्रहार गर्दा ३९ बल सामना गरेका क्रसले १० चौका प्रहार गरे। १५औं ओभरमा क्रस पवेलियन फर्केपछि ब्याटिङका लागि आएका कोइटजरले तेस्रो विकेटका लागि रिचार्डसँग ९३ तथा चौथो विकेटका लागि जर्ज मुन्सेसँग १ सय ७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ डोहो-याएका थिए। ५१ बल खेलेका मुन्सेले ७ चौका र १ छक्का मद्दतमा ५५ रनको योगदान गर्दा ५४ बल सामना गरेका रिचार्डले ३ चौका र १ छक्का मद्दतमा ३९ रन जोडे।

इङल्यान्डका प्लङकेट र एडिल रसिदले समान २ तथा मार्क उडले १ विकेट लिए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad