काठमाडौं- अजरबैजानको बाकुमा भइरहेको ४२ औं चेस ओलम्पियाडमा शनिबार दुवै नेपाली टोलीले हार बेहोरेका छन्। पुरुष टोलीले स्विडेन र महिला टोली क्यानडासँग समान ४–० ले पराजित भए। तीन ग्रान्ड मास्टर र एक आइएम रहेको स्विडिस टोलीसँग नेपालका केशव श्रेष्ठ, सजिन महर्जन, भूपेन्द्र निरौला र क्षितिज भण्डारी थिए।
दोस्रोपटक चेस ओलम्पियाडमा सहभागी नेपाली महिला टोलीको सुरुआत पनि राम्रो रहेन। नेपाल च्याम्पियन सिन्दिरा जोशी क्यानडाकी झाउ क्युओसँग ३७ औं चाल र अस्मिता अधिकारी युन युनलिङसँग३५ औं चालमा पराजित भए भने मोनालिसा खम्बुले अग्बाबी भिली र शान्ता थापाले क्वाइलेट माइलीसँगको खेल गुमाए।
दोस्रो खेलमा नेपाली पुरुष खेलाडीले निकारागुवा र महिला खेलाडीले पोर्चुगलसँग खेल्नेछन्।
प्रकाशित: १९ भाद्र २०७३ ०४:०९ आइतबार