८ वैशाख २०८१ शनिबार
अर्थ

एचबिएल–दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान

काठमाडौं– हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल–दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकसमसेर जबराले बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन बापतको पाँच लाख चार हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक पुकार मल्ललाई प्रदान गरेको बैंकले जनाएको छ।

बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकाय तथा नीति निर्मातासँग सहकार्य गरी शासन प्रणालीमा नविनता ल्याउन सहयोग पु¥याउने बैंकको विश्वास छ ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App