७ वैशाख २०८१ शुक्रबार
राजनीति

जनप्रतिनिधिलाई भिसा लिन मन्त्रालयको सिफारिश चाहिने

काठमाडाैं - आफूखुसी विदेश भ्रमण जाने प्रवृत्ति नरोकिएपछि सरकारले जनप्रतिनिधिलाई संघीय माामिला तथा समान्य प्रशासनमन्त्रालयको सिफारिस गरिएको चिठी नभई भिसाका लागि निवेदन नदिन निर्देशन दिएको छ। सरकारले हालै ल्याएको सार्वजनिक खर्च मितव्यियता निर्देशिकाअनुसार जनप्रतिनिधि तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई आफूखुसी विदेश जाने प्रवृत्तिलाई पूर्णरूपमा रोक्न यस्तो निर्देशन दिइएको सरकारले जनाएको छ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संघीय मामिला तथा समान्य प्रशासनमन्त्रालयको सिफारिश र परराष्ट्र मन्त्रालयको स्वीकृतिबाट मात्रै जनप्रतिनिधिहरूले विदेश भ्रमण गर्न पाउने बताए। ‘स्थानीय सरकार पनि संघीय सरकरको मातहतमा रहेकाले संघीय सरकारको स्वीकृति र सहमतिबिना स्थानीय सरकारका प्रतिनिधि तथा कर्मचारीले विदेश भ्रमण गर्न पाउँदैनन्,’ मन्त्री बाँस्कोटाले भने।

यसैगरी संघीय मामिला तथा समान्य प्रशासनमन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र पठाई भिसा सिफारिश गर्नुअघि जनप्रतिनिधिले मन्त्रालयको स्वीकृति र सिफारिस अनिवार्य रूपमा लिनुपर्ने निर्देशन गरेको छ। साथै कन्सुलर सेवा विभाग र राहदानी विभागलाई पनि जनप्रतिनिधिलाई भिसा सिफारिश गर्नुअघि मन्त्रालको सिफारिश अनिवार्य चिठी माग्न आग्रह गरेको छ। यसका लागि मन्त्रालयले राहदानी विभाग र कन्सुलर सेवा विभागलाई स्थानीय तहलाई पठाइएको परिपत्रको बोधार्थ समेत पठाएको छ।

मंघीय मामिला मन्त्रालयले केही समयअघि नै जन प्रतिनिनिधिहरूलाई आफूखुशी विदेश भ्रमण नगर्न निर्देशन दिएको थियो। तर मन्त्रालयको निर्देशनलाई लत्याउदै केही जन प्रतिनिधिहरूलाई मन्त्रालयलाई थाहा नै नदिइ विदेश भ्रमणमा गएको मन्त्रालय स्रोतको भनाइ छ। खाशगरी जन प्रतिनिधिहरूले एनजिओ, आइएनजिआको कार्यक्रममा जनप्रतिनिधिहरू आफूखुसी विदेश भ्रमणमा मन्त्रालयको भनाइ छ।

मन्त्रालयले स्थानीय तहलाई पठाएको परिपत्रमा प्रदेश सरकार तथा स्थानीय तह समेतले खर्च व्यहोर्ने गरी कुनै पनि विदेश भ्रमण नगर्न जन प्रतिनिधिहरूलाई परिपत्र गरेको छ। कार्यक्रमको औचित्य हेरी विदेश भ्रमणमा जानु पर्ने अवस्था आए संघीय मामिाला तथा समान्य प्रशासन मन्त्रालयको सिफरिशबाट मात्र विदेश भ्रमण गर्न मन्त्रालयले निर्देशन गरेको छ। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले मन्त्रालयको सिफारिसबाट मात्र विदेश भ्रमणको लागि भिसा निवेदन दिन जन प्रतिनिधिहरूलाई निर्देशन दिइएको। उनले भने, ‘स्थानीय तहका प्रतिनिधिह तथा स्थानीय तहका कर्मचारीहरूमा आफूखुसी विदेश भ्रमण जाने प्रवृत्ति रोक्न मन्त्रालयले यस्तो निर्देशन दिइएको हो।’

स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरूमा विदेश भ्रमणको मोह बढेको मन्त्रालयका अर्का एक उच्च कर्मचारी बताउँछन्। ती कर्मचारी भन्छन्, ‘विदेश भ्रमणमा जानेमध्ये केहीले मन्त्रालयलाई जानकारी गराए भने केहीले मन्त्रालयलाई जानकारी नगराई विदेश भ्रमणमा गए।’ केही जनप्रतिनिधि समान्य कार्यक्रममा समेत आफूहरू र आफ्ना परिवारका सदस्यहरूलाई लिएर विदेश भ्रमणमा गएको मन्त्रालय स्रोतको भनाइ छ। यस्तो प्रवक्तिलाई रोक्न अबदेखि विदेश भ्रमणको लागि भिसा निवेदन दिन मन्त्रालयको सिफारिश लिनुपर्ने परिपत्र पठाएको मन्त्रालयको भनाइ छ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App